Tuesday, 7 October 2025

एन आरएन इजरायल द्वारा तिहार विशेष सांगीतिक साँझ — गायक शिव परियारको साथमा “संगीत र सहयोग” को उत्सव

 तेलअविव (इजरायल) — परदेशमा बसेर पनि मातृभूमिप्रतिको माया कहिल्यै घट्दैन भन्ने उदाहरण फेरि प्रस्तुत गर्दै गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) इजरायलले यस वर्षको तिहारलाई विशेष बनाउँदै “तिहार सांगीतिक साँझ २०८२” आयोजना गर्ने भएको छ।



उक्त कार्यक्रममा लोकप्रिय राष्ट्रिय गायक शिव परियारले आफ्नो मधुर स्वरमार्फत तिहारको रौनक थप्नेछन्। साथै, इजरायलमा बसोबास गर्ने स्थानीय नेपाली कलाकारहरूले पनि आफ्नो प्रस्तुति मार्फत नेपाली मनमा देशप्रेमको मिठो स्वर गुञ्जाउने तयारी गरेका छन्।
संघले जारी गरेको निमन्त्रणापत्रमा भनिएको छ, “भदौ २३ र २४ गते नेपालको विभिन्न क्षेत्रमा घटेको दुखद घटनाले सम्पूर्ण नेपाली समुदायलाई गहिरो पीडा दिएको छ। त्यही पीडामा केही सान्त्वना र हौसला भर्न, र खुशीका केही क्षण बाँड्न यो कार्यक्रम आयोजना गरिएको हो।”
एनआरएनए इजरायलले विगतमा पनि भूकम्प, बाढी, पहिरो जस्ता विपत्तिबाट प्रभावित नेपालीहरूका लागि सहयोग रकम संकलन गरी नेपाल पठाउँदै आएको छ। यसपटकको कार्यक्रमलाई पनि मनोरञ्जनसँगै “मानवीय सहयोगको पवित्र अभियान” को रूपमा लिइएको छ।
संघका अध्यक्ष गणेश गिरीका अनुसार, “यो सांगीतिक साँझ केवल रमाइलोका लागि मात्र होइन, हाम्रो मातृभूमिको पुनःनिर्माणमा सानो तर अर्थपूर्ण योगदान दिने अवसर हो।”
त्यसैगरी एनआरएनए इजरायलका सदस्य नकुल लामिछानेले भने, “देश दुखेको बेला परदेशी नेपालीको सानो सहयोग पनि ठूलो राहत बन्न सक्छ। यो साँझ त्यही भावना सँगाल्ने प्रयास हो।”
कार्यक्रमबाट उठेको सम्पूर्ण मुनाफा नेपालमा हालैको जेन्जी आन्दोलनका कारण क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि नेपाल सरकारको आधिकारिक कोषमा जम्मा गरिने आयोजकले जानकारी दिएका छन्।
आयोजकहरूले इजरायलमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई सहभागी हुन अनुरोध गर्दै भनेका छन् — “संगीतले जोडोस् मन, योगदानले बलियो बनाओस् मातृभूमि।”

No comments:

Post a Comment

काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ। कार्यालयले मैनबत्ती, ब...