धादिङ, २१ कार्तिक
फुटबल खेलमार्फत धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने साविक मार्पाक गाविसलाई देशभर चिनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सुमन अधिकारी अहिले गम्भीर बिरामी अवस्थामा उपचाररत छन्।
स्थानीयस्तरका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जिल्लास्तरिय प्रतिस्पर्धासम्म आफ्नो प्रतिभा देखाएका अधिकारी मार्पाक सामुदायिक क्लब (CCM) को तर्फबाट एन्फा (ANFA) द्वारा काठमाडौंमा आयोजना गरिएको रेडबुल सहिद स्मारक सि डिभिजन लिग छनोट प्रतियोगिता मा समेत सहभागी भएका थिए।
हाल बेरोजगार रहेका अधिकारी अचानक सिकिस्त बिरामी भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको जानकारी प्राप्त भएको छ, उनको उपचारका लागि मार्पाक सामुदायिक क्लब (CCM) ले विशेष पहल गर्दै रकम संकलन गरी उनलाई काठमाडौंस्थित शिक्षण अस्पताल (Teaching Hospital) मा भर्ना गरेको क्लबका अध्यक्ष शिव कार्कीले जानकारी दिनुभयो।
अस्पतालमा बेड खाली नभएकोले पटक-पटकको प्रयासपछि तेस्रो दिनमा बल्ल टिचिङ्का चिकित्सकले भर्ना गरेको र टाउकाकाे MRI पनि आजै गरिसकिएकाे र विभिन्न प्रयोगशालाका परिक्षणहरु समेत आजै गरिएको कार्कीले बताउनुभयो ।
उनका अनुसार अहिलेसम्म सुमन अधिकारीको उपचारमा करिब ३० हजार रुपैयाँ खर्च भइसकेको छ।
0 Comments