धादिङ्ग,१८ कार्तिक
धादिङ्ग जिल्लाकाे नेत्रावती डबजाेङ्ग गाउँपालिका वडा नं. १ मा रहेकाे निरन्जना मा. बि. बाट भर्खरै अबकास हुनुभएका कार्यालय सहयाेगी भक्त बहादुर अधिकारीलाई निरन्जनाका भुतपुर्ब विद्यार्थी तथा शिक्षकहरुले संयुक्त रुपमा नगद सहित सम्मान गर्ने भएकाे छ ।
निरन्जनामा २०३५ साल देखि २०८२ सालसम्म ४७ बर्ष सेवा गरेका अधिकारी अबकास हुँदा पेन्सन वा उपदान केही पनि नपाउने भएकाेले उहाँकाे यति लामाे अनबरत सेवालाई कदर गर्दै नगद रु २०,०५६/- सहित सम्मान पत्रद्वारा सम्मान गर्न लागिएकाे "निरन्जना मा. बि. भुतपुर्ब विद्यार्थी ब्याच २०५६" का मुख्य संयाेजक हाेम अधिकारीले जानकारी दिनुभयाे ।
आगामी पाैष ०९ गते निरन्जना मा. बि. मार्पाककाे ६३ औ बार्षिक उत्सब कार्यक्रममा शिक्षक प्रतिनिधि काजिराम अधिकारी र विद्यार्थी प्रतिनिधि जुनादेवी पन्तद्वारा संयुक्त रुपमा नगद तथा सम्मान-पत्र द्वारा सम्मान गर्ने कार्यक्रम रहेकाे समेत अधिकारीले बताउनुभयाे ।
0 Comments