Header Ads Widget

Descriptive alt text

निमार्चोकका एक व्यक्तिले विष सेवन गरी आत्महत्याको प्रयास, थप विवरण आउन बाँकि

२६ असोज, धादिङ 
धादिङ जिल्ला नेत्रावति डब्जोङ्ग -१, निमार्चोक तल्लो राम्चेका स्थायी बासिन्दा तथा हाल त्रिपुरासुन्दरी गाउँपालिका सिउरीनिमा बस्दै आएका एक जना पुरुषले आज विहान विष सेवन गरी आत्महत्याको प्रयास गरेको समाचार प्राप्त भएको छ।
स्थानीय सबिन अधिकारीका अनुसार उक्त पुरुषले धानमा लाग्ने  कीरा मार्न प्रयोग गर्ने  बिषाधी  सेवन गरेका हुन्। प्रारम्भिक विवरण अनुसार, आज विहान आफ्नै घरमा विष सेवन गरेपछि उनी घरकै चर्पीमा बेहोस अवस्थामा फेला परेका थिए।

घटनाको जानकारी पाएपछि परिवारका सदस्य र स्थानीयवासीहरूले उनलाई तत्काल उद्धार गरी उपचारका लागि धादिङतर्फ लगिएको बताइएको छ। घटनाबारे थप विवरण आउँन बाँकी छ।

Post a Comment

0 Comments