धादिङ्ग,१० मंसिर २०८२
धादिङ्ग जिल्लाकाे नेत्रावती डबजाेङ्ग गाँउपालिका वडा नं. १ काे थलामा बृहत् सांस्कृतिक कार्यक्रम सहित जात्रा हुने भएकाे छ ।
हरेक बर्ष हुँदै आईरहेकाे पन्चकन्यादेवी सत्तकन्या महादेब मन्दिरमा हुने पुजा, झाकी तथा जात्रामा यसपटक पनि राष्ट्रिय कलाकारहरु सहितकाे सांस्कृतिक कार्यक्रम हुने आयाेजक थला गाउँ सेवा समाजका काेषाध्यक्ष अमर गुरुङ्गले जानकारी दिनुभयाे ।
यहीँ मंसिर १७ गते हुने कार्यक्रममा लाेकप्रिय राष्ट्रिय कलाकारहरु निर्जला गुरुङ्ग, सिताराम परियार, सन्जु लामा लगायत झाक्री नर बहादुर तामाङ्गकाे उपस्थितिमा बेजाेड प्रस्तुती रहने भएकाेले उक्त जात्रामा उपस्थित हुन सम्पुर्ण आमा-बुबा दाजुभाई तथा दिदीबहिनीहरुलाई बिशेष निमन्त्रणा गरिएकाे गुरुङ्गले जानकारी दिनुभयाे ।
0 Comments