Header Ads Widget

Descriptive alt text

नुवाकाेट ककनीकाे वडा नं १ र ३ मा अधिबेशन सम्पन्न

नुवाकाेट,१३ मंसिर २०८२ 
नुवाकाेट जिल्लाकाे ककनी गाउँपालिका वडा नं. १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकाे प्रथम वडा अधिवेशन सम्पन्न भएकाे छ ।   

नुवाकाेट जिल्ला उप-सभापती शरण महत ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा ककनी गाउँपालिका कार्यबाहक सभापति राेजिन लामा, सचिव शिशिर फुयाल तथा बागमती प्रदेश अभियान तथा प्रचार प्रसार बिभाग सदस्य अभिराज न्याैपाने लगायतकाे उपस्थिति रहेकाे थियाे । 

सम्पन्न अधिबेशनबाट वडा नं. १ मा रमेश बलामीकाे सभापतित्वमा साथै वडा नं. ३ मा राजुदास श्रेष्ठकाे  सभापतित्वमा वडा कमिटी चयन भएकाे बागमति प्रदेश अभियान तथा प्रचार प्रसार बिभाग सदस्य अभिराज न्याैपानेले जानकारी दिनुभयाे ।

Post a Comment

0 Comments