नेपाल राष्ट्र बैंकले एटीएम (डेबिट कार्ड) मार्फत रकम झिक्ने सीमामा कटौती गरेको छ । नयाँ संशोधित निर्देशिका अनुसार अब बैंक तथा वित्तीय संस्थाबाट जारी गरिएका डेबिट कार्ड प्रयोगकर्ताले दैनिक ५० हजार रुपैयाँ र मासिक ३ लाख रुपैयाँ सम्म मात्र नगद झिक्न सक्ने भएका छन् ।
यस अघि डेबिट कार्डबाट दैनिक २५ हजार रुपैयाँ र मासिक ९ लाख रुपैयाँसम्म निकासी गर्न पाइन्थ्यो । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका, २०८१ लाई संशोधन गरी यो नयाँ व्यवस्था लागू गरेको हो ।
नयाँ निर्देशिका अनुसार क्रेडिट कार्ड प्रयोगकर्ताको सीमा भने यथावत् राखिएको छ । उनीहरूले स्वीकृत सीमाभित्र १० प्रतिशतसम्म मात्र नगद झिक्न पाउनेछन् ।
राष्ट्र बैंकका अनुसार यो व्यवस्था बैंकिङ प्रणालीमा सुरक्षित कारोबार सुनिश्चित गर्न, अनावश्यक नगद कारोबार घटाउन र डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिन लागू गरिएको हो ।
यससँगै अब बैंक तथा वित्तीय संस्थाहरूले कार्ड प्रयोगसम्बन्धी सीमा पुनः समायोजन गर्नुपर्नेछ ।
विशेषज्ञहरूको भनाइमा, नयाँ प्रणालीले अनलाइन र डिजिटल कारोबारलाई अझ सशक्त बनाउनेछ भने नगद कारोबारमा पारदर्शिता पनि बढ्ने अपेक्षा गरिएको छ ।
No comments:
Post a Comment