राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी पुस्ताका प्रतिनिधिहरूबीच आज शीतलनिवासमा तय गरिएको छलफल स्थगित गरिएको छ।
राष्ट्रपति पौडेल अस्वस्थ भएपछि आजको बैठक स्थगित भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ। अब सो छलफल सोमबार अपराह्न ३ बजे हुने तयारी गरिएको बताइएको छ।
जेनजी पुस्ताका प्रतिनिधिहरूसँग संवाद हुने जानकारी पछि आज बिहानैदेखि राष्ट्रपति कार्यालय अगाडि जेनजी पुस्ताका युवाहरू भेला भएका थिए।
यस अघि राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सँग फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन सम्बन्धी विषयमा छलफल गरेका थिए।
No comments:
Post a Comment