धादिङ जिल्ला नेत्रावती डबजोङ गाउँपालिका–१ मार्पाक स्थित निरञ्जना माध्यमिक विद्यालयमा अब आशा र अवसरको नयाँ मूल फूटेको अनुभूति भएको छ । विद्यालयका पूर्व विद्यार्थी र पूर्व शिक्षकहरूको सामूहिक पहलमा “निरञ्जना माध्यमिक विद्यालय ब्याच २०५६ छात्रवृत्ति कोष–२०८२" स्थापना भएको छ ।
स्मृतिको उज्यालो पाना पल्टाउँदै, विद्यालय छोडेका पूर्व विद्यार्थीहरूले केहि समय अघि यस कोषको बीउ रोपेका थिए, जसले अब आएर फल दिन लागेको छ।
मुख्य संयोजक होम अधिकारीको अगुवाइमा बनेको समितिमा काजिराम अधिकारी प्रमुख व्यवस्थापकका रूपमा रहेका छन् भने संयोजक साबित्रा थापा, सह–संयोजक दिनेश अधिकारी, रामकृष्ण खड्का र राजु तामाङले आफ्नो भूमिका सम्हालेका छन्। महिला संयोजक सानु अधिकारी, प्रवास संयोजक अनिता अधिकारी, खेलकुद संयोजक युग बहादुर घले,स्वास्थ्य संयोजक बिमल बरुवाल,स्थानीय संयोजक जुना देवि पन्त र सदस्यहरूमा प्रेम बहादुर तामाङ , शुशिला नेपाली, शम्शेर तामाङ,वीर बहादुर तामाङ , मिल्क बहादुर तामाङ लगायतका युवाहरूको उत्साह मिसिएको छ।
त्यस्तै, विद्यालयका पूर्व प्रधानाध्यापक केशरी प्रसाद पन्त, शंकर अधिकारी, रामकृष्ण धरेल, बद्री प्रसाद ढकाल, कोमल नाथ पौडेल, उमा प्रसाद ढकाल, सुन्दर थापा र नवराज त्रिपाठी जस्ता वरिष्ठ शिक्षकहरु सल्लाहकार मण्डलमा रहेर मार्गनिर्देशन गरिरहेका छन् ।
कोषको सुरुवात ५० हजार रुपैयाँबाट गरिएको छ। यही सानो बीउबाट विद्यालयका उज्ज्वल भविष्य र विपन्न विद्यार्थीका सपना साकार पार्ने योजनाले मनमा आशा बोकेको छ। प्रत्येक वर्ष ‘छात्रवृत्ति दिवस’ मनाउने निर्णय पनि गरिएको छ, जसको उद्देश्य जेहेन्दार विद्यार्थीहरूलाई हौसला र आर्थिक सहयोग प्रदान गर्नु हो।
छात्रवृत्ति कोष, केवल आर्थिक संकलन मात्र होइन — यो त शिक्षाको मन्दिर भित्र उज्यालो र सम्भावनाको दीप प्रज्वलन हो।
"निरन्जना ब्याच २०५६ छात्रबृत्ती कोष - २०८२"
ब्याचका बिर शहिदहरु:
१) रुपक अधिकारी - मार्पाक -७, बोराङ्ग
२) सुक बहादुर तामाङ्ग - मार्पाक -९, पोखरा
ब्याचका भुतपुर्ब बिध्यार्थीहरु:
३) होम अधिकारी - मार्पाक -५, निमार्चोक
४) साबित्री थापा - मार्पाक -६, निमार्चोक
५) प्रेम ब. तामाङ्ग - मार्पाक -३, पोल्चेत
६) काजिराम अधिकारी - मार्पाक -२, मार्पाक
७) रामकृष्ण खड्का - सामरी, नुवाकोट
८) सानू अधिकारी- मार्पाक -६, आरुखर्क
९) बिमल बरुवाल- मार्पाक -५, राम्चे
१०) भावना अधिकारी- मार्पाक -७, बोराङ्ग
११) अनिता अधिकारी- मार्पाक -७, बोराङ्ग
१२) युग बहादुर घले- मार्पाक -४, धारापानी
१३) दिनेश अधिकारी - मार्पाक -७, बोराङ्ग
१४) जुनादेवी पन्त - मार्पाक -५, राम्चे
१५) राजु तामाङ्ग - मार्पाक -४, थला
१६) मिल्क ब. तामाङ्ग - मार्पाक -३, पोल्चेत
१७) शुशिला नेपाली - मार्पाक -५, निमार्चोक
१८) शम्शेर तामाङ्ग - मार्पाक -३, पोल्चेत
१९) विर ब. तामाङ्ग - मार्पाक -३, लामिडाडा
२०) प्रेम ब. अधिकारी - मार्पाक -२, मार्पाक
२१) अनिल अधिकारी - मार्पाक -१, पल्लाटोल
२२) तारा नेपाल - मार्पाक -५, राम्चे
२३) भवानी अधिकारी - मार्पाक -७, बोराङ्ग
२४) ख्याम ब. घले - मार्पाक -४, धारापानी
२५) भुपेन्द्र अधिकारी - मार्पाक -२, मार्पाक
२६) याम ब. था. म. - मार्पाक -५, निमार्चोक
२७) रामहरी अधिकारी - मार्पाक -२, मार्पाक
२८) अनिता अधिकारी - मार्पाक -६, निमार्चोक
२९) बद्री प्रसाद नेपाल - मार्पाक -५, राम्चे
३०) सबिता अधिकारी - मार्पाक -७, बोराङ्ग
३१) रुद्र ब. घले - मार्पाक -४, धारापानी
३२) हरि अधिकारी - मार्पाक -१, पल्लाटोल
३३) लिला अधिकारी - मार्पाक -९, पोखरा
३४) सुभद्रा अधिकारी - मार्पाक -१, पल्लाटोल
३५) दिपक थापा मगर - मार्पाक -७, बनेराङ्ग
३६) सान्तराम तामाङ्ग - मार्पाक -९, ठुटेमाने
३७) सुन्दर सिंखडा - मार्पाक -५, कोर्थोक
३८) मदन अधिकारी - मार्पाक -२, मार्पाक
३९) नानुमैया पन्त - मार्पाक -६, पन्तटार
४०) अनुपमा मल्ल - कार्कीगाउ, धादिङ्ग
४१) मदन अधिकारी - मार्पाक -१, पल्लाटोल
४२) रोजी पन्त - मार्पाक -६, पन्तटार
सल्लाहकार मण्डल:
(ब्याजलाई अध्यापन गराउनुहुने शिक्षकहरु)
४३) केशरी प्र. पन्त
४४) शंकर अधिकारी
४५) रामकृष्ण धरेल
४६) उमा प्र ढकाल
४७) कोमलनाथ पोखरेल
४८) बद्री प्र. ढकाल
४९) शंकर अधिकारी
५०) नवराज त्रिपाठी
५१) काजिराम अधिकारी
५२) सुन्दर थापा
५३) रामकृष्ण गुरुङ्ग
५४) मिश्री थापा
५५) राम ब. अधिकारी
५६) धन ब. गुरुङ्ग
No comments:
Post a Comment