Header Ads Widget

Descriptive alt text

महासंघले जरिवाना तिरेर सवारी साधनको नवीकरण नगर्न-नगराउन आग्रह गरेको छ।

ललितपुर — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेश समितिले प्रदेश भित्रका सम्पूर्ण सार्वजनिक सवारीसाधन संचालक तथा  व्यवसायीहरूलाई हाललाई जरिवाना तिरेर सवारी साधनको नवीकरण नगर्न आग्रह गरेको छ।

प्रदेश संयोजक सुवन गिरी (सुमन) द्वारा जारी सूचनामा भनिएको छ कि मिति २०८२ भाद्र २३ र २४ गते जेन-जि समूहको आन्दोलनका क्रममा बागमती प्रदेशका अधिकांश यातायात व्यवस्था कार्यालयहरूमा तोडफोड र आगजनीका घटनाहरू भएका थिए। उक्त घटनामा कार्यालयमा रहेका कागजातहरू जलेर नष्ट भएको र त्यसपछि लामो समय सम्म नियमित सेवा सुचारु हुन नसकेको उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ, “भाद्र २४ गतेदेखि यातायात व्यवस्था कार्यालय नियमित रूपमा सञ्चालन नभएको कारण जरिवाना छुटको निर्णय नभएसम्म सवारी साधनका कागजातहरूको जरिवाना तिरेर नवीकरण नगर्न नगराउन अनुरोध गरिन्छ।”

महासंघले प्रदेश भित्र रहेका सबै सदस्य संघ, समिती, कम्पनी तथा प्रा.लि.हरूलाई यस निर्णयको पालना गर्न आग्रह गर्दै, यातायात व्यवस्था विभाग र सम्बन्धित निकायहरूलाई पनि स्पष्ट निर्णय लिएर सार्वजनिक गर्न माग गरेको छ।



Post a Comment

0 Comments