Header Ads Widget

Descriptive alt text

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति द्वारा भाइटीकाको शुभ साईत सार्वजनिक

काठमाडौं, असोज २८

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको तिहार पर्व तथा भाइटीकाको शुभ साइत मुहूर्त सार्वजनिक गरेको छ।

समितिले जारी गरेको विज्ञप्ति अनुसार, २०८२ साल कात्तिक गते बिहिबार का दिन भाइटीका (किजा पूजा)को  शुभसाइत बिहान ११:३९  बजे रहेको टिका लगाई माग्ने पश्चीम फर्किने समेत उक्त बिज्ञप्ती उल्लेख  छ।



समितिले पञ्चाङ्गका गणना अनुसार उक्त समयलाई भाइटीका लगाउनका लागि शुभ एवं उत्तम साइत भएको उल्लेख गरेको साथै, यस अघि हरेक वर्षझैं यस वर्ष पनि शुभ मुहूर्तको घोषणा गर्दै समाजमा एकता, माया सद्भाव कायम रहोस् भन्ने कामना गरेको समितिका अध्यक्ष शम्भु प्रसाद ढकालले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।




 

Post a Comment

0 Comments