Header Ads Widget

Descriptive alt text

मतदाता नामावलीमा नाम दर्ता गर्न कात्तिक मसान्तसम्म को समयसिमा

काठमाडौँ, ३१  असोज

यहिँ आउदो  फाल्गुन २१ मा हुने  निर्वाचनका लागि मतदाता नाम दर्ता गर्न उमेर पुगेका  इच्छुक नागरिकहरूले अब अनलाइन माध्यम मार्फत आवेदन दिन सक्नेछन्, निर्वाचन आयोगले  जारी गरेको सूचना अनुसार, इच्छुक नागरिकहरूले https://applyvr.election.gov.np/ वेबपेजमा गएर आवेदन फारम भरी नाम दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन्, यसका लागि आवेदन दाताले आफ्नो फोटो खिचाउन र बायोमेट्रिक डेटा (जस्तै औंठा  छाप) लिनुपर्नेछ।



अनलाईन प्रक्रिया पुरा गरेका नागरिकहरुलाई  निर्वाचन आयोगले   सहज होस् भन्ने उदेश्यले  काठमाडौँ उपत्यका भित्रका  निम्न स्थानहरूमा गएर फोटो खिचाउन र बायोमेट्रिक प्रक्रिया गर्न सक्ने बताएको छ 




·         जिल्ला निर्वाचन कार्यालय काठमाडौँ

·         जिल्ला निर्वाचन कार्यालय ललितपुर

·         जिल्ला निर्वाचन कार्यालय भक्तपुर

यसका अतिरिक्त, अन्य जिल्लाका नागरिकहरूले आफ्नो जिल्ला  निर्वाचन कार्यालयमा गएर पनि यो प्रक्रिया पूरा गर्न सक्नेछन्।

मतदाता नाम दर्ता गर्दा आवश्यक हुने सबै जानकारी र विवरणहरूको लागि निर्वाचन आयोगको वेबसाइटमा उल्लेख गरिएको छ, आयोगले सबै नागरिकलाई समयमा आवेदन प्रक्रिया पूरा गर्न र आगामी निर्वाचनमा सहभागिता जनाउन सबै नागरिकलाई  आग्रह  समेत गरेको छ  भने नामदर्ता गर्ने अन्तिम मिति कत्तिक मसान्तसम्म मात्र रहेको छ   ।

 

Post a Comment

0 Comments