Wednesday, 15 October 2025

स्वदेशी फूलमालालाई प्राथमिकता दिँदै काठमाडौँ महानगरपालिकाको बिक्री–वितरण स्थल घोषणा

काठमाडौँ महानगरपालिका विगत तीन वर्षदेखि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित वस्तु र प्लास्टिकजन्य मालालाई निरुत्साहित गर्दै आएको छ, यसै नीति अन्तर्गत, यस तिहारमा पनि प्लास्टिक फूलमालाको बिक्री–वितरणमा रोक लगाई, स्वदेशी फूलमालाको प्रयोग र बिक्री–वितरणलाई प्राथमिकता दिइएको छ।



महानगरपालिकाले कर्तिक १ देखि ३२ स्थानमा स्वदेशी फूलमालाको बिक्री–वितरणका लागि स्थल व्यवस्था गरेको छ, यसले किसानलाई बजारमा सहज पहुँच दिन, ढुवानीमा सहयोग पुर्याउन र अवैध माला बिक्री गर्नेहरूमाथि कारबाही गर्न सहयोग पुर्याउनेछ, नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको सहकार्यमा कोल्ड स्टोर र बजार क्षेत्रको अनुगमन पनि गरिनेछ।

महानगरपालिकाका अनुसार, “हाम्रो चाहना वास्तविक किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गरोस् र उपभोक्ताले स्वदेशी फूलमाथि गर्व महसुस गरोस्” भन्ने हो।

नेपाल अहिले सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको छ, त्यसैले, यस तिहारमा सबैलाई स्वदेशी फूल प्रयोग गर्न र आफ्नै संस्कृति र पहिचानको सम्मान गर्न आग्रह गरिएको छ।

फूलमालाको बिक्री–वितरणका लागि तोकेका प्रमुख ३२ स्थलहरू:

  • एन.भी. सेन्टर – नयाँ बानेश्वर
  • बिग मार्ट – शंखमूल
  • आइ प्लेक्स मल – नयाँ बानेश्वर
  • सेल्सबेरी – मध्यबानेश्वर
  • फोनेक्स टावर – बत्तीसपुतली
  • तिनकुने चौर – तिनकुने
  • सिफल चौर – सिफल
  • एसी कम्प्लेक्स – चाबहिल
  • चाबहिल गणेशस्थान तरकारी बजार – चाबहिल
  • के.एल. टावर पूर्व – चाबहिल
  • चाबहिल सेन्टर अगाडि – चाबहिल
  • धर्म चक्र पार्क – स्वयम्भू
  • कालिमाटी ब्याङ्क्वेट – कालिमाटी
  • द्यौखेल – कालिमाटी
  • भाटभटेनी – कलङ्की
  • भ्याली कोल्ड स्टोर – नयाँ बजार
  • बुद्ध महल – माछापोखरी
  • गुणस्तर खाल्डो – माछापोखरी
  • वडा ५ अगाडिको डबली – हाँडीगाउँ
  • गणेश मन्दिर डबली – हाँडीगाउँ
  • कोइराला स्मार्ट – सामाखुशी, वडा २६
  • सेल्सबेरी – महाराजगञ्ज
  • बिग मार्ट – गङ्गबु
  • बिग मार्ट – चपलकारखाना
  • बिग मार्ट – बालुवाटार
  • आइटी भवन – कमलादी, वडा २८
  • स्टार मल – पुतलीसडक, वडा २८
  • भाटभटेनी – अनामनगर, वडा ९
  • टेवाल मन्दिर – सुन्धारा
  • काठमाडौँ महल – सुन्धारा
  • वडा कार्यालय निर्माण स्थल – अद्धेतमार्ग, वडा २८
  • बजरा कम्प्लेक्स (न्यू प्लाजा) – गुडमार्ट

 

No comments:

Post a Comment

काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ। कार्यालयले मैनबत्ती, ब...