Tuesday, 14 October 2025

नेत्रावती डब्जोङ गाउँपालिका–१ मा ‘दोस्रो वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता हुने

धादिङ, असोज २८




नेत्रावती डब्जोङ गाउँपालिका–१, मार्पाक धादिङमा “दोस्रो वडा अध्यक्ष कप पालिका स्तरीय भलिबल प्रतियोगिता–२०८२” आयोजना हुने भएको छ,वडा कार्यालयले गाउँपालिका भित्रका खेलाडीहरुलाई सहभागिता जनाउन आग्रह गर्दै आधिकारिक सूचना जारी गरेको छ।



गाउँपालिका भित्रका विभिन्न टोलस्तरका टिमबीच प्रतिस्पर्धा हुने यो प्रतियोगितामा टिम दर्ता शुल्क रु. ३,००० तोकिएको छ, प्रत्येक टिममा ९ जना रहने व्यवस्था गरिएको छ, जसमा ६ जना खेलाडी, १ जना प्रशिक्षक (कोच) र Extra खेलाडी १ र १  जना म्यानेजर रहनेछन्।


प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमलाई क्रमशः रु. २०,०००, रु. १५,००० र रु. १०,००० हजार  नगद पुरस्कारका साथै शिल्ड र मेडल प्रदान गरिनेछ, त्यस्तै, उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र डिसिप्लिन खेलाडीहरुलाई  पुरस्कार पनि प्रदान गरिने वडा कार्यालयले जनाएको छ।


वडा कार्यालयले प्रतियोगितामा गाउँपालिका बाहिरका खेलाडी सहभागी हुन नपाउने व्यवस्था गरेको छ, प्रत्येक खेलाडीले आफ्नो नागरिकता वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई यस प्रतियोगितामा समावेश गरिने छैन।


प्रतियोगिता आगामी कार्तिक १ गतेदेखि सुरु हुनेछ र खेलाडीले अनिवार्य रूपमा निर्धारित खेल पोशाक लगाउनुपर्नेछ, खेल निरञ्जना माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिनेछ।


कार्यक्रमको संयोजन वडा नं. १ का अध्यक्ष श्री ठाकुर गुरुङको नेतृत्वमा रहनेछ,टिम दर्ताका लागि अन्तिम मिति २०८२ साल असोज ३१ गते सम्म  तोकिएको छ, साथै, गाउँपालिका भित्रका प्रत्येक वडाले चाहेजति टिम दर्ता गर्न सक्ने व्यवस्था गरिएको वडा कार्यालयले जानकारी दिएको छ।


No comments:

Post a Comment

काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ। कार्यालयले मैनबत्ती, ब...