Header Ads Widget

Descriptive alt text

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।



शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित सो अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


विज्ञप्तिमा भनिएको छ, “हाल सम्माननीय ज्यूको स्वास्थ्य परीक्षण भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछौं।”

Post a Comment

0 Comments