Header Ads Widget

Descriptive alt text

राष्ट्रपति र जेन–जीबीचको छलफल स्थगित, अब सोमबार हुनेछ, बार्ताको लागि छानिका थिए यी युवाहरु

राष्ट्रपति रामचन्द्र पौडेल र जेन–जी पुस्ताबीच हुने भनिएको छलफल स्थगित भएको छ । शनिबार बिहान १० बजे शीतल निवासमा सुरु हुने तय गरिएको उक्त छलफल राष्ट्रपति पौडेल अस्वस्थ भएपछि दुई दिनका लागि सारिएको हो ।



राष्ट्रपति पौडेलसँग भेटवार्ताका लागि जेन–जीका अगुवा सुदन गुरुङ, ओजस्वीराज थापा, मिराज ढुंगाना, प्रवेश दाहाल, जितेन्द्र शाह, पुरुषोत्तम यादव, प्रशान्त पौडेल, अंकित अधिकारी, अभिषेक श्रेष्ठ, जुनल गदाल, अर्जुन शाही, रक्षा बम, प्रदीप ज्ञवाली, युजवराज भण्डारी, आदित्य कर्ण, आकृति घिमिरे, मोनिका निरौला, ओजस्वी भट्टराई, रिजन राना मगर र निकुञ्ज भण्डारी सहित २० जना प्रतिनिधि सहभागी हुन शीतल निवास पुगिसकेका थिए ।


राष्ट्रपति कार्यालयका अनुसार अब उक्त छलफल आगामी सोमबार अपराह्न ३ बजे हुने तय गरिएको छ ।

Post a Comment

0 Comments