Saturday, 18 October 2025

काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ।


कार्यालयले मैनबत्ती, बिजुली, आतिशबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विस्फोटक तथा आगलागी हुने पदार्थको खरिद, बिक्री, ढुवानी, भण्डारण र प्रयोग नगर्न सबैलाई अनुरोध गरेको छ। देउसी भैलो कार्यक्रम बेलुका ९ बजेपछि नगर्नुमर्यादित, अनुशासित तथा व्यवस्थित ढङ्गले मात्र सञ्चालन गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ।



सार्वजनिक मार्ग र सडकमा अवरोध सिर्जना हुने गरी पूजा मण्डप वा दीपावली उत्सव थल राख्न नपाइने, र आम सर्वसाधारणको आवागमनमा बाधा नपर्ने गरी मात्र कार्यक्रम गर्न आग्रह गरिएको छ।

सुरक्षा सन्दर्भमा, चाडपर्वको समयमा चोरीको सम्भावना बढ्ने भएकाले घर खाली हुँदा छिमेकीलाई जानकारी दिन, र शंकास्पद व्यक्ति देखिए प्रहरी वा सुरक्षा निकायलाई खबर गर्न निर्देशन दिइएको छ।

त्यसैगरी, अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना नगर्न, कालोबजारी नगर्न, म्याद नाघेका वस्तु बिक्री नगर्न र मूल्यवृद्धि नगर्न उपभोक्ताहरुलाई चेतावनी दिइएको छ।

सवारी साधन सम्बन्धमा क्षमता भन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भाडादर भन्दा बढी भाडा नलिने, र ट्राफिक नियम पालनामा ध्यान दिन आग्रह गरिएको छ।

अन्ततः, गैरकानुनी चिठ्ठा, जुवा, अनलाइन सपिङ वा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न सबैलाई सचेत रहन जिल्ला प्रशासनले आग्रह गरेको छ।

No comments:

Post a Comment

काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ। कार्यालयले मैनबत्ती, ब...