Header Ads Widget

Descriptive alt text

रास्वपा इजरायल द्वारा बनभोज कार्यक्रम आयोजना

तेल अविभ – इजरायलमा रहेका नेपाली समुदायबीच आपसी भेटघाट र मेलमिलापलाई सुदृढ पार्ने उद्देश्यले रास्वपा इजरायलले आगामी अक्टोबर १५, २०२५ (बुधबार) का दिन विशेष बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ।



कार्यक्रम साँझ ७ बजेबाट राति १२ बजेसम्म चल्नेछ भने स्थान पार्क एरकोन तय गरिएको आयोजक मध्यका एक नकुल लामिछाने ज्यूले जानकारी दिएका छन् ।

रास्वपा इजरायलका अनुसार, उक्त बनभोज कार्यक्रमले इजरायलमा रहेका नेपाली बीच आपसी सम्बन्ध, सहकार्य र सौहार्दलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। साथै, इजरायलमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई उक्त कार्यक्रममा उपस्थित भई सहभागी हुन समेत अनुरोध गरिएको छ ।

Post a Comment

0 Comments