Saturday, 18 October 2025

आज धन त्रयोदशीः दिपावलीको तयारीसँगै किनमेलको शुभ दिन

ईभा मिडिया नेटवर्क, काठमाडौं 

आज कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि, अर्थात् धनतेरस पर्व नेपालभर उल्लास पूर्वक मनाइँदैछ, हिन्दु परम्परा अनुसार आजको दिनलाई धन, समृद्धि र शुभ लाभको प्रतीकको  दिन मानिन्छ, यस दिन दिपावलीको तयारी सुरु गर्ने र नयाँ सामान, विशेषगरी सुन, चाँदी, भाँडाकुँडा तथा इलेक्ट्रोनिक वस्तु किन्ने परम्परा रहि आएको छ।



ज्योतिषविद्हरूका अनुसार आजको दिन लक्ष्मी र धनवन्तरीको पूजा गर्ने अत्यन्तै शुभ मानिन्छ, विश्वास गरिन्छ कि धनतेरसका दिन घरमा भाँडाकुँडा, बहुमूल्य धातु वा नयाँ सामान किन्ने व्यक्तिको घरमा समृद्धि, स्वास्थ्य र सुदैवको वास हुन्छ।

बजारहरूमा आज बिहानैदेखि चहलपहल बढेको देखिएको छ, काठमाडौं उपत्यका सहित देशभरका साना–ठूला बजारमा सुनचाँदी, सरसफाइ सामग्री, माटाका दियो, भाँडाकुँडा र सजावटका सामान खरिद गर्न सर्वसाधारण व्यस्त देखिएका छन्, व्यापारीहरूका अनुसार यो दिन वर्षकै सबैभन्दा बढी कारोबार हुने दिनमध्ये एक हो।

धनतेरससँगै दिपावली (तिहार) पर्वको औपचारिक सुरुवात भएको मानिन्छ, आज घर–घरमा दीप प्रज्वलन गरी घर आँगन सफा गर्ने र लक्ष्मीको स्वागतका तयारीहरू गर्ने प्रचन छ ।

ज्योतिषहरूहरुका अनुसार आजको दिन शुभ कार्य नयाँ व्यवसाय सुरु गर्ने, घरका लागि आवश्यक नयाँ  वस्तु किनमेल गर्ने तथा आर्थिक रुपमा निर्णय लिने  अत्यन्तै उपयुक्त समय समेत मानिन्छ ।


No comments:

Post a Comment

काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ। कार्यालयले मैनबत्ती, ब...