Header Ads Widget

Descriptive alt text

मतदाता नामावलीमा नाम दर्ता खुल्ला : देशभरका निर्वाचन कार्यालयमा सेवा उपलब्ध

काठमाडौं, असोज २२ 
निर्वाचन आयोगले उमेर पुगेका नागरिकहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न देशभरका जुनसुकै जिल्ला निर्वाचन कार्यालयमा पुग्न सकिने जनाएको छ। आयोगका अनुसार नागरिकहरूले सम्बन्धित कार्यालयमा पुगेर फोटो खिचाउने र बायोमेट्रिक विवरण उपलब्ध गराउने प्रक्रिया पूरा गरेपछि नाम दर्ता हुनेछ।

देशै भरिका जिल्ला निर्वाचन कार्यालय र  काठमाडौँ उपत्यकाका मतदाताका लागि आयोगले मिनभवन (काठमाडौँ), जावलाखेल (ललितपुर), र सल्लाघारीको सिर्जनानगर (भक्तपुर) मा सेवा उपलब्ध गराएको छ।

आयोगले सबै योग्य नागरिकहरूलाई मतदाता नामावलीमा नाम दर्ता गरी लोकतान्त्रिक अभ्यासमा सहभागी हुन आह्वान गरेको छ।

Post a Comment

0 Comments