Header Ads Widget

Descriptive alt text

गण्डकी प्रदेशमा कार्तिक मसान्तभित्र सवारी कर तिरेमा जरिवाना नलाग्ने

पोखरा, कार्तिक २९ 
गण्डकी प्रदेश सरकारले करदाता मैत्री व्यवस्था लागू गर्दै कार्तिक मसान्तभित्र सवारी कर, दस्तुर तथा शुल्क तिर्ने उपभोक्तालाई कुनै पनि प्रकारको जरिवाना वा अतिरिक्त शुल्क नलाग्ने निर्णय गरेको छ।

प्रदेश आर्थिक ऐन २०८२ को दफा ३ अनुसार, भाद्र २३ गतेदेखि असोज मसान्तसम्मको अवधिमा तिर्न बाँकी रहेका सवारी कर तथा यातायात व्यवस्था सम्बन्धी शुल्कहरू अब कार्तिक मसान्तसम्म भुक्तानी गरेमा जरिवाना छुट पाइने छ।

गण्डकी प्रदेश सरकारले जारी गरेको सूचनामा भनिएको छ, “२०८२ साल भाद्र २३ देखि असोज मसान्तसम्म तिर्नुपर्ने कर, दस्तुर तथा शुल्क तिर्न नपाएका कारण जरिवाना लाग्ने भएमा २०८२ साल कार्तिक मसान्तभित्र तिरेमा कुनै जरिवाना वा अतिरिक्त शुल्क लाग्ने छैन।”

यस निर्णयले सवारीधनी तथा यातायात व्यवसायीसँग सम्बन्धित हजारौं नागरिकलाई राहत मिल्ने अपेक्षा गरिएको छ, प्रदेश सरकारले सबै सम्बन्धित पक्षलाई तोकिएको समयसीमा भित्र कर तिरी उक्त सहुलियतको लाभ लिन अनुरोध गरेको छ।

Post a Comment

0 Comments