गाजा युद्धका क्रममा हराइरहेका नेपाली नागरिक विपिन जोशीको शव हमासले इजरायललाई हस्तान्तरण गरेको पुष्टि भएको छ, इजरायली समाचार संस्था टाइम्स अफ इजरायलका अनुसार, इजरायली सेनाले रेडक्रसको समन्वयमा विपिनसहित चार जनाको शव प्राप्त गरेको जनाएको छ।
प्राप्त शवहरूलाई हाल फरेन्सिक परीक्षणका लागि अबु काबिर इन्स्टिच्युटमा पठाइएको छ, ती शवहरूमध्ये एक नेपाली नागरिक विपिन जोशीको रहेको पुष्टि हुँदै गर्दा नेपाल र नेपालीहरूका लागि यो खबर अत्यन्त दु:खद बनेको छ।
केही समय अघि अध्ययनका लागि इजरायल गएका विपिन जोशी गाजा बाट अपहरणमा परेका थिए,हमास र इजरायल बीच जारी द्वन्द्वको बीचमा उनी हराइरहेको पुष्टि भएपछि उनलाई बन्धक बनाइएको अनुमान गरिएको थियो।
यो घटनाले पुनः एक पटक युद्धको निर्दोष पीडामाथि परेको असर उजागर गरिदिएको छ, विपिन जोशी प्रति श्रद्धाञ्जली अर्पण गर्दै शान्ति र न्यायको कामना गरौँ। 💔🕊️🇳🇵
No comments:
Post a Comment