बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश भित्रका यातायात व्यवस्था कार्यालयहरूमा सुशासन कायम गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयले सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न, कार्यालयमा हुने ढिलासुस्ती र
भ्रष्टाचारलाई पूर्ण रूपमा अन्त्य गर्न निर्देशन दिएको हो। साथै, सेवाग्राहीहरूलाई सहज, पारदर्शी र इमानदार सेवाको वातावरण
सुनिश्चित गर्न कार्यालयहरूलाई विशेष जिम्मेवारी दिइएको मन्त्री द्वारा जारि पेस बिज्ञप्तीमा भनिएको छ।
मन्त्रीका अनुसार, कुनै पनि कार्यालयमा सेवा प्राप्त गर्न समस्या परेमा वा
अनियमितता देखिएमा तत्काल मन्त्रालयको हटलाइन नम्बर ९८५१०४५५४० मा सम्पर्क गर्न आग्रह गरिएको छ।
मन्त्रीले सुशासन र समयमै सेवा प्रवाहका लागि प्रदेश भरका
कार्यालयहरूलाई सचेत रहन निर्देशन दिँदै प्रदेश सरकार सेवा प्रवाहमा सुधारका लागि
निरन्तर प्रतिबद्ध रहेको बताएका छन्।
No comments:
Post a Comment