Header Ads Widget

Descriptive alt text

हरिबोधिनी एकादशी: विष्णु जागरणको पवित्र दिन

काठमाडौं,१५ कार्तिक 
वर्षभरि पर्ने २४ एकादशीहरूमध्ये सबैभन्दा महत्वपूर्ण मानिने हरिबोधिनी एकादशी आज श्रद्धा र भक्तिभावका साथ देशभर मनाइँदैछ। पुराण अनुसार, आषाढ शुक्ल एकादशीका दिन क्षीर सागरमा शयनमा गएको विश्वास गरिने भगवान विष्णु आजको दिन अर्थात् कार्तिक शुक्ल एकादशीमा जाग्रत हुने धार्मिक विश्वास रहिआएको छ।
यसै दिनदेखि चतुर्मास सकिएर शुभ कार्यका लागि अनुमति मिल्ने जनविश्वास छ। तुलसी विवाह, दान, धर्म, व्रत, पूजा तथा तीर्थयात्रा जस्ता धार्मिक कर्महरू आजबाट सुरु हुने जनधारणा समेत रहेको छ।

विभिन्न मठ मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको भीड देखिनुका साथै, तुलसीको पूजा, भगवान विष्णुको अर्चना र व्रतको माध्यमबाट यो पावन दिनलाई विशेष रूपमा मनाउने परम्परा रहिआएको छ।

Post a Comment

0 Comments