काठमाडौँ, २९ कार्तिक
उपत्यकामा पछिल्ला महिनाहरूमा ट्याक्सीका रूपमा प्रयोग गर्ने उद्देश्यले चीनमा निर्मित सेडान ईभी सवारी साधनको बिक्री तीव्ररूपमा बढ्दै गएको छ। “उच्च रेन्ज”, “कम मर्मत खर्च” र “आधुनिक प्रविधि” जस्ता आकर्षक प्रचारबाजीका कारण बजार विस्तार त भइरहेको छ, तर वास्तविक सञ्चालनमा भने धेरै ट्याक्सी चालकहरू गम्भीर समस्यामा परेका छन्।
केही महिना अघि नयाँ चिनियाँ ईभी ट्याक्सी खरिद गरेका एक स्वरोजगार चालक भन्छन् “टाटा ईभी भन्दा रेन्ज राम्रो दिन्छ भनेर नै लोभिएर किनेको तर गाडीको लम्बाइ करिब १५ फिट छ, चौडाइ पनि धेरै। काठमाडौँका गल्ली–बस्तीमा चलाउनै मुस्किल परेको छ, ट्याक्सी भनेपछि जहाँबाट टिप आए पनि जानुपर्छ, तर यो गाडीमा सम्भव नै हुँदैन " किनेपछिको पछुताइ मात्रै बाँकी छ।” अबत .......
आर्थिक बोझ झनै गम्भीर
समस्या केवल आकारमा मात्र छैन, ट्याक्सी सञ्चालनको लागि कालो नम्बर प्लेटसहित झण्डै ५१ लाख रुपैयाँसम्मको लगानी लाग्ने उक्त ट्याक्सी निम्न आर्थिक अबस्था भएकाहरुले कसरि खरिद गर्ने र ब्यबसाय शुरु गर्ने चालकको गुनासो स्पष्ट छ,“ट्याक्सी त सामान्य आम्दानी गर्ने वर्गको व्यवसाय हो तर यति महँगो सवारी किन्नु, फेरि साना गल्लीमा चलाउन नसक्ने समस्या आउनु… यस्तोमा कमाइ कहाँबाट हुन्छ ?” चालक प्रश्न राख्छन ।
उपत्यकामा प्रायः सबै भित्री मार्ग, साँघुरा गल्ली, बस्तीभित्रका बाटो, चोक र मोडहरूमा यस्ता ‘लम्बेतान’ ईभी चल्न गाह्रो मात्र होइन, कतिपय ठाउँमा जान असम्भव नै हुन्छ र परिणाम स्वरूप चालकहरूलाई ‘टिप आउँदैन’ भन्दा ठूलो समस्या ‘टिप लिन नै सकिँदैन’ भन्ने अवस्था सिर्जना भएको छ।
विशेषज्ञहरूको चेतावनी
यातायात विशेषज्ञहरू पनि उपत्यकाको भौगोलिक संरचना र बसोबासको स्वरूप हेर्दा ठूलो आकारका ईभी ट्याक्सी उपयुक्त नहुने धारणा व्यक्त गर्दै आएका छन्।उनको भनाइमा “साना सडक, घुमाउरो मोड र कम पार्किङ भएको उपत्यकामा यस्ता गाडी ट्याक्सीका लागि व्यवहारिक छैनन्।”
चालकहरूको सुझाव : सानो ईभी अर्थात् पेट्रोल बाट चल्ने सवारी नै व्यवहारिक
लामो समयको ईभीको अनुभवपछि धेरै चालकहरूले ठूलो आकारका सवारी भन्दा साना, हल्का र उपत्यकाको सडक अनुकूल रहेका बिभिन्न सवारी का मोडेलहरु रोज्नु नै सबभन्दा सुरक्षित र व्यवहारिक विकल्प भएको सुझाव दिएका छन्,वर्तमान अबस्थाको ट्रेन्ड हेर्दा ठूलो ईभी ट्याक्सी स्वरोजगार चालकका लागि ‘जोखिमपूर्ण निर्णय’ सावित भइरहेको उनीहरूको साझा निष्कर्ष छ।
जीवनयापनमै असर
उपत्यकामा ट्याक्सी चलाएरै परिवार पाल्ने, छोराछोरीको शिक्षामा खर्च बेहोर्ने, दैनिक जीविकोपार्जन गर्ने अधिकांश चालकहरूको मुख्य आम्दानी को श्रोत यही पेशा ट्याक्सी बाटै हुने गर्दछ यसमा बढ्दो लगानी, चलाउन कठिन सवारीहरु , मर्मतको खर्च र ‘टिप लिन नसकिने’ अवस्थाले गर्दा उनीहरू मुनाफामा होइन, घाटातिर धकेलिँदै गएका छन्।
अब राज्यको भूमिका अपरिहार्य
निम्न आय वर्ग, सामान्य नागरिक र स्वरोजगारको लगानीमा चल्ने यो ट्याक्सी पेशा गम्भीर संकटतिर धकेलिँदै गएको स्पष्ट संकेत देखिन थालेको छ यसकारण अब उपत्यकाको भूगोल, भौतिक संरचना र ट्याक्सी चालकको वास्तविक आवश्यकता हेरेर उपयुक्त नीति बनाउन सरकार आफैँ अग्रसर हुनुपर्ने आवश्यकता अत्यन्तै बढेको छ।
0 Comments