काठमाडौं, २०८२ कार्तिक २०
वसुन्धाराचोकमा बसोबास गर्दै आएका स्वरोजगार ट्याक्सी चालकहरूको समूहले आज बिहान उक्त क्षेत्रको सरसफाइ गर्दै उदाहरणीय कार्य गरेका छन्। दोर्जे मोक्तानको नेतृत्वमा ट्याक्सी चालकहरुको टोलिले वसुन्धारा चोक वरिपरि तथा ट्याक्सी स्ट्यान्ड क्षेत्र आसपास सरसफाइ गर्दै वातावरणीय सचेतना फैलाएका हुन्।
उक्त बृहत सरसफाइ अभियानमा सहभागी चालकहरूले ‘सफा ट्याक्सी, सफा शहर’ भन्ने सोचसहित स्वस्फूर्त रूपमा झाडु, कुचो, डस्टबिनको सहायताले चोक वरिपरिका फोहर व्यवस्थापन गरेका थिए।
यस खालको सकारात्मक पहलले अन्य स्थानमा रहेका ट्याक्सी चालकहरूलाई पनि सिको गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ। सार्वजनिक स्थानमा बस्ने ट्याक्सी चालकहरूले यस्तो जिम्मेवारीपूर्ण व्यवहार देखाउनु सराहनीय कदम हो।
#TaxiNewsNepal #CleanKathmandu #DriverInitiative #taxinewsnepal #evamedianetwork #जनचेतनाको_लागी_सन्देश
0 Comments