Header Ads Widget

Descriptive alt text

कानुन बिपरित भाडाको काम गर्ने चालकको गुनासो: "चार पाङ्ग्रेलाई मात्र किन आपत्ति?"

काठमाडौं ,२१ कार्तिक 
आज हामीले अनलाइन एप प्रयोग गरेर निजी चार पाङ्ग्रे सवारीमार्फत भाडाको सेवा दिइरहेका एक चालकसँग संवाद गर्दा, उहाँले कानुन विपरीतको कार्य  गरिरहेको स्वीकार्दै  आफूहरूमाथि मात्र किन प्रश्न उठाइन्छ भन्ने गुनासो गर्नुभयो।
उहाँले भनेका छन्:  
"दुई पाङ्ग्रे निजी सवारी साधनले खुलेआम राइड सेयरिङको नाममा भाडाको काम गरिरहेका छन्, त्यो सबैको आँखा अगाडि भइरहेको छ, तर त्यसमा कोही बोल्दैनन्, हामी चार पाङ्ग्रे सवारीले ती एपहरू प्रयोग गरेर यात्रुहरूलाई सेवा दिँदा मात्रै सार्वजनिक सवारी व्यवसायीहरूलाई आपत्ति किन हुने?"

उहाँको भनाइ अनुसार, यातायात व्यवस्था ऐन ले निजी सवारीबाट भाडाको काम गर्न नपाइने स्पष्ट उल्लेख गरे पनि त्यो नियम सबै सवारीमा बराबरी रूपमा लागू हुनुपर्ने हो। "कानुन एउटै हो, नियम पनि एउटै हो — दुई पाङ्ग्रे र चार पाङ्ग्रेबीच फरक गर्नु यो अनुचित हो," उहाँले जिकिर गर्नुभयो।

"दैनिक हजारौं दुई पाङ्ग्रे सवारीले अन्लाईन  एप प्रयोग गरेर यात्रु बोकेको देखिन्छ, त्यो नियन्त्रण गर्ने निकाय कहाँ छन्? त्यसबारे किन मौनता छ?" भन्दै उहाँले समग्र प्रणाली र नियमनको असमानता प्रति गुनासो गर्नुभयो।

यो अभिव्यक्ति हाल देश  सवारी प्रणाली र अनलाइन राइड सेयरिङ सेवालाई लिएर भइरहेका विवाद र बहसबीच थप चासोको विषय बनेको छ। 

Post a Comment

0 Comments