Header Ads Widget

Descriptive alt text

थपिँदै अनलाइन ट्याक्सी बुकिङ एप, व्यवसायीलाई गाह्रो हुने अनुमान

काठमाडौं ,२४ कार्तिक

उपत्यकामा अनलाइन ट्याक्सी बुकिङ सेवा विस्तार हुँदै गएपछि ट्याक्सी व्यवसायीहरूलाई चुनौती बढ्ने देखिएको छ। पछिल्लो समय दुई नयाँ एप्स बजारमा प्रवेश गर्ने तयारीमा रहेका छन्, जसमा दुई वटा नै नेपाली लगानीमा बनेका एपहरू रहेका छन्।




यी एपहरूले हालका सेवा भन्दा फरक तथा यात्रु र चालकमैत्री सुविधा दिने दाबी गरेका छन्। तर, ट्याक्सी व्यवसायीहरूले भने बजारमा एपहरूको संख्या बढ्दै गएपछि भाडा दर, यात्रु बुकिङ प्रणाली र चालकहरूको आयमा असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका एक प्रतिनिधिले भने, “ट्याक्सी व्यवसायमा एपहरू बढ्नु प्राविधिक प्रगतिका दृष्टिले राम्रै हो, तर नियमन बिनाको प्रतिस्पर्धाले चालकहरूलाई आर्थिक रूपमा दबाबमा पार्ने खतरा छ।”

उनका अनुसार अहिले पनि धेरै एपहरूले न्यून कमीशन र अन्य प्रलोभनका कारण चालकहरूलाई आकर्षित गर्ने गर्छन्, तर पछि ती प्रणालीहरू चालकमैत्री नहुने गरेको अनुभव रहेको छ।

सरकारले अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्ने कम्पनीहरूको दर्ता, कर, बीमा र सुरक्षासम्बन्धी मापदण्ड स्पष्ट पार्न सके मात्र यस क्षेत्रको स्थायित्व सुनिश्चित हुने विज्ञहरूको सुझाव छ।

Post a Comment

0 Comments