लामो समयदेखि रोकिएको अनलाइन पटके सेवा पुनः सञ्चालनमा आएको छ। सेवाको पुनः सुरुआतसँगै अब बाटो इजाजत प्राप्त क्षेत्रबाहिर जानुपर्ने ट्याक्सी चालकहरूका लागि यात्रा अनुमति (पटके) लिन धेरै सहज र छिटो हुने भएको छ।
यसअघि कागजी प्रक्रियाका कारण झन्झटिलो मानिएको पटके लिनुपर्ने प्रक्रिया अब अनलाइन प्रणाली मार्फत सरल र पारदर्शी भएको छ। अनलाइन सेवा शुरू भएपछि कार्यलय धाउनुपर्ने समय बचत हुने, लाइनमा बस्नुपर्ने झन्झट घट्ने र तत्कालै यात्रा अनुमति प्राप्त गर्न सकिने अपेक्षा गरिएको छ।
ट्याक्सी चालक तथा व्यवसायीहरूले यसलाई सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन्। दैनिक यात्रामा प्रशासनिक झन्झट कम हुने, सेवा प्रवाह छिटो र प्रभावकारी हुने तथा अनावश्यक ढिलासुस्ती अन्त्य हुने उनीहरूको भनाइ छ।
सञ्चालनमा आएको अनलाइन पटके सेवाले ट्याक्सी चालकहरूका दैनिक कार्यलाई सहज बनाउने र यातायात व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने विश्वास गरिएको छ।
0 Comments