धादिङ ,२९ कार्तिक
धादिङको नेत्रावती डब्जोङ गाउँपालिका–१, तल्लो राम्चेमा अवस्थित कागुने देवी र भुमेस्थान मन्दिर धार्मिक आस्थाको दृष्टिले मात्र होइन, सांस्कृतिक महत्वका कारण पनि स्थानीय समुदायको मुख्य पहिचानका रूपमा परिचित हुँदै आएको छ।
स्थानीयहरूको विश्वास छ,सच्चा मनले पूजा–अर्चना गर्ने व्यक्तिको मनोकामना कागुने देवीले पूरा गरिदिन्छिन्। यही श्रद्धा र विश्वासका कारण हुन सक्छ, फागु पूर्णिमाको दिन यहाँ लाग्ने मेला वर्षैभरि प्रतीक्षित चाडझैँ मनाइन्छ। हजारौँ भक्तजनहरूको उपस्थितिमा मन्दिर परिसर अत्यन्तै जीवन्त र गजबको वातावरणले भरिने गर्छ।
हरियाली पहाडको फेदमा शान्त वातावरणमा अवस्थित मन्दिरले दर्शनार्थीलाई आध्यात्मिक शान्ति प्रदान गर्नुका साथै प्राकृतिक सुन्दरता अवलोकन गर्न पनि उत्तिकै आकर्षित गर्छ। स्थानीय ग्रामीण परिवेश, सांस्कृतिक विधि–विधान र धार्मिक परम्पराले यस क्षेत्रलाई झनै विशेष बनाएको छ।
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विरासतको अद्भुत संगमका रूपमा कागुने देवी र भुमेस्थान मन्दिर धादिङको एक महत्वपूर्ण गन्तव्य मानिन्छ। एकपटक पुगेपछि यहाँको वातावरणले जो–कोहीलाई मोहित पार्ने निश्चित छ।
#evamedianetwork
#news
#Nimarchok
0 Comments