Header Ads Widget

Descriptive alt text

धादिङको सिद्धलेक–५ स्थित प्रसिद्ध धार्मिकस्थल बाग्बच्छला माई मन्दिरमा भव्य मेला हुन

धादिङ, कार्तिक १६ 

धादिङको सिद्धलेक गाउँपालिका–५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण बाग्बच्छला माई मन्दिरमा यस वर्षको भव्य मेला (जात्रा) यही २०८२ कार्तिक १८ गते बेलुकी हुने भएको छ ।


स्थानीय धार्मिक परम्परा अनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि बाग्बच्छला माईको मन्दिरमा आयोजना हुने मेलामा भक्तजनहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ । मेलालाई व्यवस्थित र सभ्य रूपमा सम्पन्न गर्नका लागि सिद्धलेक वडा नं. ५ चापखोला निवासी समाजसेवी बुद्ध बहादुर गुरुङको घरबाट पञ्चेबाजासहित सामाजिक डोली लैजाने निर्णय गरिएको छ ।

स्थानीय समाजसेवी बाबुकाजी श्रेष्ठका अनुसार बाग्बच्छला माई मन्दिर केवल धार्मिक आस्था मात्र नभई सांस्कृतिक र पर्यटकीय दृष्टिले समेत धादिङ जिल्लाको पहिचान बन्न सक्ने महत्वपूर्ण गन्तव्य हो । “यस्ता मेलाले पुरातन परम्पराको संरक्षण मात्र होइन, यस क्षेत्रको पर्यटकीय सम्भावनालाई पनि उजागर गर्छ,” श्रेष्ठले बताए ।

उक्त मेलाको निमन्त्रण चर्चित कमेडीयन श्री  हिमेश पन्तले पनि सम्पूर्ण स्थानीय, सिद्धलेकवासी र अन्य शुभचिन्तकहरूलाई हार्दिक निमन्त्रणा गर्दै उपस्थित भएर कार्यक्रमको शोभा बढाउन आग्रह गरेका छन् ।

त्यसैगरी, कार्तिक १९ गते विहान आयोजना हुने प्रसाद ग्रहण कार्यक्रममा पनि सबै भक्तजनहरूलाई सहभागी भई प्रसाद ग्रहण गर्न अनुरोध गरिएको छ ।

आयोजकहरूले डोली लैजाँदा लाग्ने विविध खर्च व्यवस्थापनका लागि इच्छुकहरूले सकेको आर्थिक सहयोग प्रदान गरी यस पवित्र सांस्कृतिक परम्परालाई सफल बनाउन सबैमा आह्वान गरेका छन् ।


Post a Comment

0 Comments