रामेछाप,०६ मंसिर २०८२
खाँडादेवी गाउँपालिका–६, रामेछापमा रहेको श्री पर्यटन व्यवसायीक सहकारी संस्था लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ।
"सुरक्षित बचत, सुनौलो सपना, पर्यटन विकास हाम्रो योजना" भन्ने मूल नारासहित स्थापना भएको यस सहकारीले संस्थाको आफ्नै भवनमा सभाको आयोजना गरेको हो।
कार्यक्रममा संस्थाका पदाधिकारी, शेयर सदस्य, विभिन्न सहकारी प्रतिनिधि तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा आर्थिक प्रतिवेदन, सेवा विस्तार र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो।
सहकारीले आगामी दिनमा अझ व्यावसायिक, पारदर्शी र पर्यटनमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
0 Comments