Header Ads Widget

Descriptive alt text

निरन्जनाका भुतपूर्व विद्यार्थी तथा शिक्षकहरुले अधिकारीलाई सम्मानार्थ दिने रकम बढायाे

धादिङ्ग,०७ मङ्सिर २०८२

धादिङ्ग जिल्लाको नेत्रावती डबजाेङ्ग गाउँपालिका वडा नं १ मा रहेको निरन्जना मा. वि. का भुतपुर्व विधार्थी तथा शिक्षकहरुले निरन्जनाका कार्यलय सह‌योगी भक्त बहादुर अधिकारीलाई सम्मान स्वरुप दिइने रकम वढाएको छ ।

बिना पेन्सन तथा विना उपदान ४७ वर्ष सेवा गरी अवकास हुनुभएका अधिकारीलाई यस अघि नगद रु. २०,०५६ सहित सम्मान-पत्र प्रदान गर्ने कार्यक्रम रहेकोमा केही पूर्व विद्यार्थी र पुर्ब शिक्षकहरु पनि यस अभियानमा जाेडिनुभएपछि उहाँलाई नगद रु. २६,१५६/- सहित सम्मान-पत्र प्रदान गरिने "निरन्जना मा. बि. भुतपुर्ब बिध्यार्थी ब्याच २०५६" का मुख्य ब्यबस्थापक काजिराम अधिकारीले जानकारी दिनुभयाे ।

अधिकारीलाई सम्मान गर्ने व्यवस्था निरन्जना मा. बि. काे वार्षिक उत्सव कार्यक्रममा मिलाएको समेत जानकारी दिनुभयाे ।


Post a Comment

0 Comments