काठमाडौं, मङ्सिर ८, २०८२
काठमाडौं उपत्यकामा यात्रा गर्दा अब चोकमा उभिएर सार्वजनिक सवारी कुर्नुपर्ने बाध्यता घट्दै गएको छ। मोबाइलमै उपलब्ध राइड सेयरिङ सेवाका कारण बसेको ठाउँबाटै चाहेको सवारी बोलाउन सकिने सुविधा लोकप्रिय बन्दै गएको छ। बोलाइएको सवारी सीधै यात्रु रहेको स्थानमा आइपुग्छ र सुरक्षित रूपमा गन्तव्यसम्म पु-याउँछ।
यस्तै सेवामध्येको नयाँ विकल्पका रूपमा संचालनमा रहेको नेपाली लगानीमै विकसित राइड सेयरिङ एप ‘सजिलो साथी’ ले यात्रुहरुलाई अझ छिटो, सहज र भरपर्दो सेवा दिने दाबी गरेको छ।
यी नेपाली लोकप्रिय राइड-शेयरिङ प्लेटफर्म 'सजिलो साथी' (Sajilo Saathi) ले आफ्ना मेहनती चालकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक विशेष साप्ताहिक पुरस्कार योजनाको घोषणा समेत गरेको छ। यो योजना आज, मङ्सिर ८ गते, २०८२ देखि नै औपचारिक रूपमा लागु भएको छ।
अनलाइन बसेकै आधारमा पुरस्कार दिने कम्पनिको भनाई
कम्पनीले जारी गरेको नयाँ नियम अनुसार, सजिलो साथी एपमा सबैभन्दा बढी "अनलाइन" समय बिताउने पहिलो ५०० जना चालकहरूलाई कम्पनीले हरेक हप्ता प्रति व्यक्ति नगद रु. २०० पुरस्कार प्रदान गर्नेछ।
कम्पनीले यस योजना मार्फत चालकहरूलाई प्लेटफर्ममा सक्रिय रहन र ग्राहकहरूलाई सहज, छिटो तथा भरपर्दो सेवा प्रदान गर्नका लागि उत्प्रेरित गर्ने लक्ष्य लिएको छ। साथै, कम्पनीले नेपाली पुँजीलाई विदेशिनबाट रोक्न र नेपाली एपलाई सबैले साथ दिनुपर्नेमा समेत जोड दिएको छ।
सुरक्षा र मजबुत नेतृत्व
सन् २०२२ मा स्थापित 'सजिलो साथी' ले हाल काठमाडौं उपत्यकामा मात्र सेवा दिइरहेको छ। यात्रु र चालक दुवैको सुरक्षालाई मध्यनजर गर्दै, कम्पनीले शिखर इन्स्योरेन्स सँग सहकार्य गरी बीमा सुविधा पनि सुरु गरेको छ।
यसैबीच, नेपाली राइड शेयरिङ प्लेटफर्म 'सजिलो साथी' मा अनुभवी व्यक्तित्व क्याप्टेन विजय लामा सह-संस्थापक (Co-founder) को रूपमा रहनुले यस एप्लिकेशन सुरक्षा र भरपर्दो छ भन्ने कुरा सबैलाई स्मरण गराउछ ।
ट्याक्सीको लागि नयाँ बेसदर
यात्रुहरूका लागि थप सुविधा दिँदै, कम्पनीले ट्याक्सी सेवाका लागि न्यूनतम बेसदर रू. २०० राखिएको जानकारी दिएको छ।
सजिलो साथी जस्ता राइड-शेयरिङ कम्पनीहरूको आगमनसँगै काठमाडौं उपत्यकामा यात्रा गर्दा चोकमा उभिएर सार्वजनिक सवारी साधन कुर्नुपर्ने बाध्यता हटेको छ। अब बसेकै ठाउँबाट मोबाइल मार्फत् चाहेको सवारी साधन आफू भएसम्म बोलाउन सकिने सहजता यात्रुहरूले पाएका छन्।
राइड सेयरिङ एप ‘सजिलो साथी’ को बारेमा
थप जानकारीका लागि सम्पर्क:
यस पुरस्कार योजना र अन्य कुनै पनि जानकारीका लागि सजिलो साथीलाई निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ:
📞 ०१-५९२८९१७
📞 ९८०३५१९६४१
📞 ९८१८८६०००८


0 Comments