Header Ads Widget

Descriptive alt text

उपत्यकामा एकैपटक तीन नयाँ अनलाइन ट्याक्सी बुकिङ एप्स आउने तयारी

काठमाडौँ ,२३ कार्तिक 

उपत्यकामा छिट्टै तीन नयाँ अनलाइन ट्याक्सी बुकिङ एप्लिकेशन सञ्चालनमा आउने भएका छन्। तीमध्ये एक अन्तर्राष्ट्रिय ख्याती प्राप्त कम्पनीको एप्लिकेशन रहेको छ भने बाँकी दुई वटा एप नेपाली लगानीमा नेपालीहरूले नै विकास गरेका हुन्।





प्राप्त जानकारी अनुसार, यी एपहरू हाल बजारमा रहेका अन्य ट्याक्सी बुकिङ एपहरू भन्दा फरक सेवा र सुविधा सहित बजारमा प्रवेश गर्न लागेका हुन्। विशेषगरी चालक र यात्रु दुवैका लागि सहज, सुरक्षित र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यका साथ यी एपहरू बजारमा ल्याउन लागिएको बताइएको छ।

नाम नखुलाउने सर्तमा हाम्रासँग कुरा गर्दै स्रोतले भने,“यी एपहरूले यात्रु र चालक दुबैका हकहितलाई समान रूपमा प्राथमिकता दिनेछन्। सेवा शुल्क, कमिसन, र सुरक्षा प्रणाली सबै पक्षबाट सुधार ल्याइनेछ।”

उपत्यकामा ट्याक्सी व्यवसाय र अनलाइन बुकिङ सेवामा प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा यी नयाँ एपहरूको प्रवेशले बजारमा नयाँ उत्साह र परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।


Post a Comment

0 Comments