Header Ads Widget

Descriptive alt text

नेपालमा आउँदै छ विश्वप्रसिद्ध राइड सेयरिङ एप 'उबर' — एप बजारमा थप प्रतिस्पर्धा चर्किने संकेत

काठमाडौं,२१ कार्तिक 
विश्वभर चर्चित र उत्कृष्ट नम्बर १ राइड सेयरिङ एप्लिकेसन Uber (उबर)अब छिट्टै नेपालमा पनि सेवा विस्तार गर्ने तयारीमा रहेको छ। एक गोप्य स्रोतका अनुसार उबरले नेपाली बजारमा आफ्ना सेवा ल्याउने अन्तिम तयारी गरिरहेको र आगामी केही महिनाभित्र औपचारिक रूपमा सञ्चालनमा आउने सम्भावना रहेको जनाइएको छ।
हाल नेपालमा inDrive, Pathao, Yango, Taximandu, Sajilo जस्ता एपहरू सक्रिय छन्। तर, यीमध्ये धेरै एपहरूले सरकारले तोकेको भाडादर पालना नगरेको, नियमनको दायरा बाहिर सञ्चालन भएको, सार्वजनिक सवारीमाथि असर पार्ने जस्ता गुनासा समय समयमा उठ्दै आएका छन्।

यस्तो अवस्थामा सशक्त ब्राण्ड र कडा नियमन प्रणालीमा विश्वास गर्ने उबरजस्तो कम्पनीको प्रवेशले एप बजारमा प्रतिस्पर्धा चर्काउने मात्र होइन,पारदर्शि भाडा प्रणाली , यात्रको सुरक्षा, र प्रविधि-संवेदनशील सेवामा नयाँ मापदण्ड स्थापित गर्ने अनुमान गरिएको छ।

यद्यपि, यति बेला एप सेवा प्रदायकहरूमा व्यापक असन्तुलन, नियमन अभाव, र सार्वजनिक सवारी व्यवसायीहरूको असन्तोष देखिँदै आएको बेलामा उबरको प्रवेशले यस क्षेत्रको भविष्यमा "बलेको आगोमा घ्यू थप्ने"जस्तै स्थिति सिर्जना गर्न सक्ने पनि चिन्ता व्यक्त गरिएको छ।

Post a Comment

0 Comments