Header Ads Widget

Descriptive alt text

एवन ग्रेटर नेपाल यातायात प्रा.लि.को तेस्रो वार्षिक साधारण सभा कात्तिक २३ गते हुने

पोखरा, कात्तिक २०

पेशागत सुरक्षा, सरलता, सहजता र उत्कृष्ट सेवा प्रवाहलाई लक्ष्य बनाएर स्थापना भएको एवन ग्रेटर नेपाल यातायात प्रा.लि. ले आफ्नो तेस्रो वार्षिक साधारण सभा आगामी कात्तिक २३ गते सम्पन्न गर्ने भएको छ।


कम्पनीका अध्यक्ष श्री अर्जुन पौडेलले दिएको जानकारी अनुसार, सभा बिहान ठीक ८ बजे सिल्भर पार्टी प्यालेस ,पोखरा ,कास्की मा आयोजना गरिएको छ , सभामा कम्पनीसँग आबद्ध व्यवसायी, शेयर सदस्य, स्वरोजगार ट्याक्सी चालक, सञ्चालक समिति सदस्यलगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।

सभाको विशेष आकर्षणका रूपमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष श्री विजयबहादुर स्वार प्रमुख अतिथिको रूपमा सहभागी हुने छन्।

सभाले एवन ग्रेटर नेपालको अहिलेसम्मको कार्यसम्पादनको समीक्षा गर्दै, आगामी दिनमा कम्पनीलाई अझ सुदृढ र सक्षम बनाउने रणनीतिमा समेत विस्तृत छलफल गर्नेछ।

Post a Comment

0 Comments