Header Ads Widget

Descriptive alt text

धेरैले जिज्ञासा राख्नुहुन्छ – ट्याक्सीको मूल्य किन महँगो?

आजभोली बजारमा ट्याक्सीको मूल्य निकै महँगो भएको देखिन्छ। धेरै ट्याक्सी चालकहरु र ट्याक्सी पेशा मा ब्यबसाय गर्न चाहाना भएका नयाँ ब्यबसायहरुले  हामीलाई सोध्नुहुन्छ: 

👉 ट्याक्सीको मूल्य यति धेरै किन? 
👉 मूल्य निर्धारण कसले गर्छ? 
👉 यसमा कसरी नियन्त्रण हुन्छ?


१. मूल्य निर्धारण
ट्याक्सीको मूल्य मुख्यतः सवारीको ब्राण्ड, मोडेल, सरकारी कर (Tax), बीमा, फिटनेस, सवारी दर्ता शुल्क, मिटर उपकरण जडान, ब्ल्याक एण्ड ह्वाइट पेन्ट आदि खर्च जोडेर निर्धारण हुन्छ साथै बजारमा अत्यधिक प्रयोग कुन भैरहेको छ ,ब्यबसायीहरुको माग अनुसार समेत मूल्य निर्धारण भएको देखिन्छ ।।

२. कसले गर्छ मूल्य निर्धारण?
ट्याक्सीको आधारभूत मूल्य तोक्ने काम सवारी  कम्पनीले गर्छ। त्यसपछि सरकारको तर्फबाट लाग्ने भन्सार, कर, दस्तुर आदि जोडिएर अन्तिम मूल्य तय हुन्छ।  तर यहाँ शुरुको मूल्य भन्दा पनि प्रयोगमा आएका २० औं बर्ष प्रयोग भएका सवारी को समेत अत्यन्तै महँगो मुल्य देख्न सकिन्छ यस्तो हुनुको मुख्य कारण भनेकै बजारमा माग अत्यधिक हुनु नै हो बिगत बर्षौ देखि ब्यबसाय गरिरहेकाहरु बताउछन् ।।

३. नियन्त्रण कसरी हुन्छ?
बजारमा  स्वतन्त्रता  अनुसार  अर्थात् बजारको माग अनुसार  मूल्य घटबढ भइरहन्छ। सरकारले चाहेँको खण्डमा मूल्य केही हद सम्म नियन्त्रण हुन पनि सक्छ तर नेपाल को  हकमा यो लागू नहुन सक्छ ,सबै लगानी निजि क्षेत्रको रहेकोले सरकारले हस्तक्षेप समेत गर्न नसक्ने भएकोले ब्यक्तिगत लगानी गरेको कारण आफ्नो सामान आफ्नो मूल्य भएको कारण अनि  सरकारी  कर  मर्मत पार्टपुर्जा को मुल्यले  केही हदसम्म नियन्त्रण गर्छ, तर ट्याक्सी व्यवसायमा सिधा अनुदान वा सब्सिडी नभएको कारण मूल्य स्वतः उच्च हुँदै गएको पनि हो।

अर्को तर्फ नयाँ ट्याक्सी को मूल्य झन् सार्वजनिक सवारीको काम गर्न तयारी अबस्थामा आउदा ४७ लाख र ५१ लाख मा कारोबार भैरहेको देख्न सकिन्छ ।।

यस्तो अवस्थामा नीति निर्माण तहमा ट्याक्सी व्यवसायको लागि विशेष छुट, सहुलियत ऋण, कर छुट आदि व्यवस्था भएमा मात्र मूल्यमा सुधार आउन सक्छ।

#TaxiNewsNepal 
#TaxifareUpdate 
#TaxiMarketInfo

Post a Comment

0 Comments