Header Ads Widget

Descriptive alt text

धादिङ सिद्धलेकमा बाग्बच्छला माई मन्दिरको भव्य जात्रा सुरु

धादिङ ,१८ कार्तिक 

धादिङको सिद्धलेक गाउँपालिका–५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण बाग्बच्छला माई मन्दिरमा आजदेखि भव्य जात्रा (मेला) सुरु भएको छ।

स्थानीय धार्मिक परम्परा अनुसार, मन्दिरका पुजारी चेतुनाथ खनालको घरबाट निमको डोली आज बेलुका  विधिपूर्वक निकालेर मन्दिरमा बाजागाजा सहित रातभर जागाराम बस्ने परम्परा रहेको छ । डोली निकाल्ने क्रममा भक्तजनहरूको ठूलो भीड हुने अनुमान गरिएको छ ।  


मेलामा भक्तजनहरूको उत्साहजनक सहभागिता हुने जसमा  वरिपरिका गाउँहरूबाट सयौँ भक्तहरू बाग्बच्छला माईको दर्शन र पूजा गर्नका लागि  मन्दिर परिसरमा आउने आयोजकहरुको भनाई  छ ।

स्थानीय समाजसेवी बाबुकाजी श्रेष्ठका अनुसार, “बाग्बच्छला माई मन्दिर केवल धार्मिक आस्था मात्र नभई सांस्कृतिक र पर्यटकीय दृष्टिले समेत धादिङ जिल्लाको पहिचान बन्न सक्ने गन्तव्य हो। यस्ता मेलाले पुरातन परम्पराको संरक्षण मात्र होइन, यस क्षेत्रको पर्यटन सम्भावनालाई पनि उजागर गर्छ,” उनले बताए।


त्यसैगरी, रातभरि जागा बसी मन्दिरमा नाचगान गर्ने मेला मनाउने र  भोलि कार्तिक १९ गते विहान आयोजना हुने प्रसाद ग्रहण कार्यक्रम हुने भएकोले  सबै भक्तजनहरूलाई सहभागी भई प्रसाद ग्रहण गर्न आयोजकहरूले अनुरोध समेत  गरेका छन्।

आयोजकहरूले डोली यात्राका क्रममा लाग्ने खर्च व्यवस्थापनका लागि इच्छुकहरूलाई सकेको आर्थिक सहयोग प्रदान गरी यस पवित्र सांस्कृतिक परम्परालाई सफल बनाउन सहयोग गर्न आह्वान गरेका छन्।


Post a Comment

0 Comments