काठमाडौँ,१३मङ्सिर
हृदयमा करुणाको सागर र कर्ममा सेवाको भाव बोकेर हिँड्ने थोरै मानिसहरू हुन्छन्, जसले आफ्नो जीवनलाई अरूको खुसीका लागि समर्पित गर्छन्। तिनै विरलाकोटीका पात्रहरूमध्येको एक नाम हो– अर्जुन भुसाल। जसलाई समाजले केवल एक अभियन्ताका रूपमा मात्र होइन, दुःखको अन्धकारमा रुमलिरहेकाहरूका लागि ‘आशाको दियो’का रूपमा समेत चिन्ने गर्दछ।
पछिल्लो एक दशक भन्दा लामो समयदेखि सामाजिक कर्मको कठोर बाटोमा अविचलित हिँडिरहेका भुसाल, आवाज विहीनहरूको आवाज र सहारा विहीनहरूको भरोसा बनेका छन्।
सेवाको 'अर्जुन दृष्टि': मिडिया देखि मर्मसम्म
चितवनको माडीमा जन्मिएर कर्मथलोलाई सिङ्गो नेपाल बनाएका भुसालले सञ्चालनमा ल्याएको ‘अर्जुन दृष्टि’ (Arjun Drishti) केवल एउटा मिडिया प्लेटफर्म मात्र होइन, यो समाजका लुकेका घाउहरू उधिन्ने र तिनमा मलम लगाउने एउटा सशक्त माध्यम बनेको छ। जहाँ राज्यको नजर पुग्दैन, त्यहाँ अर्जुन भुसालका पाइलाहरू पुग्ने गरेका छन्।
क्यान्सरले थलिएका वृद्ध हुन् वा आर्थिक अभावमा शिक्षाबाट वञ्चित कलिला बालबालिका; प्राकृतिक प्रकोपले घरवारविहीन भएका परिवार हुन् वा विदेशमा अलपत्र परेका नेपाली– भुसालको उपस्थिति ती सबैका लागि ‘सञ्जीवनी बुटी’ सावित हुँदै आएको छ। उनले सडकमा अलपत्र परेका कयौँ आमाबुवालाई आश्रमसम्म पुर्याउने मात्र होइन, उनीहरूको मुहारमा गुमेको मुस्कान फर्काउने पुनित कार्य समेत गरेका छन्।
शब्दमा होइन, कर्ममा विश्वास
“समाजसेवा देखावटी आवरण होइन, यो त आत्माको सन्तुष्टि हो,” भन्ने मान्यता राख्ने भुसालले आफ्ना साहित्यिक तथा दार्शनिक विचारहरूलाई व्यवहारमा उतारेका छन्। उनले विनोद रानाभाट बचाउ अभियानजस्ता कैयौँ जीवन रक्षा अभियानहरूको नेतृत्व गर्दै लाखौँ रुपैयाँ संकलन गरेर नयाँ जीवनको बिजारोपण गरेका छन्।
भुसालको व्यक्तित्वमा एक किसिमको साहित्यिक सौम्यता र विद्रोही चेतको अनौठो संगम पाइन्छ। उनी अन्याय र विभेद विरुद्ध गर्जिन्छन् भने दीनदुःखीको सेवामा मैनबत्ती झैँ पग्लिन्छन्। उनले चितवनको माडी नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्दा भनेका थिए– “व्यवस्था परिवर्तन भयो, अब अवस्था परिवर्तनका लागि युवा जाग्नुपर्छ।” यो उनको राजनीतिक रहर मात्र नभई समाजलाई नेतृत्व दिने अठोटको प्रतिविम्ब थियो।
समाजको ऐना र भविष्यको आशा
उनका भिडियो र रिपोर्टहरूमा केवल समाचार मात्र हुँदैनन्, त्यहाँ मानवीय संवेदनाको गहिरो तलाउ हुन्छ। उनले पस्किने सामग्रीहरूले कयौँ पटक पत्थर हृदयलाई पनि पगालेका छन्। ३ तोला सुन सहितको झोला सम्बन्धित धनीलाई फिर्ता गर्ने इमान्दारिताको कथा होस् वा दुर्गम गाउँका वेदना; भुसालले ती सबलाई समाजको ऐनाका रूपमा प्रस्तुत गरेका छन्।
निस्वार्थ सेवाको पर्याय बनेका अर्जुन भुसाल आज हजारौँ युवाहरूका लागि प्रेरणाको स्रोत हुन्। उनले कोरेको गोरेटोमा हिँड्दै धेरैले ‘मानव सेवा नै माधव सेवा हो’ भन्ने मन्त्रलाई आत्मसाथ गर्न थालेका छन्। समयको बहावसँगै उनको यो ‘महाअभियान’ अझै फराकिलो र सशक्त बन्दै जाने अपेक्षा गरिएको छ।
अर्जुन भुसाल एक व्यक्ति मात्र होइनन्, उनी करुणा, त्याग र समर्पणको त्रिवेणी हुन् भन्दा अतिशयोक्ति नहोला।
0 Comments