Header Ads Widget

Descriptive alt text

सवारी दुर्घटनामा बीमाको सीमा हटाई असिमित क्षतिपूर्ति दिनुपर्छ : व्यवसायीहरू

काठमाडौँ ,२२ कार्त्तिक

सवारी दुर्घटनामा हुने मानवीय र भौतिक क्षतिपूर्ति सीमित रकममा सीमित गर्नु बीमा कम्पनीहरूको अन्यायपूर्ण अभ्यास भएको भन्दै ट्याक्सी व्यवसायीहरू र सवारी सरोकारवालाहरूले यसको विरोध गरेका छन्।


उनीहरूका अनुसार हाल बीमा कम्पनीहरूले सवारी दुर्घटनापछि अधिकतम ३ लाख रुपैयाँसम्म उपचार खर्च र ५ लाख रुपैयाँसम्म मृत्यु क्षतिपूर्ति मात्र उपलब्ध गराउँछन्, जुन आजको महँगी र उपचार खर्चका तुलनामा निकै अपुरो र अन्यायपूर्ण रहेको छ।

दुर्घटनामा मान्छे गम्भीर घाइते वा अपाङ्ग हुँदा खर्च अत्यधिक बढी हुन् सक्छ तर बीमा कम्पनीले सीमित रकम मात्र दिँदा पीडित र परिवारमाथि ठूलो आर्थिक बोझ पर्छ, व्यवसायीहरूले बताएका छन्।

उनीहरूले बीमा प्रणालीमा तत्काल सुधार गर्दै उपचार खर्चमा असिमित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्। यदि असिमित क्षतिपूर्ति दिन नसकिने हो भने, अहिलेको सीमा वृद्धि गरी उपचार खर्च ३ लाखबाट ५ लाख रुपैयाँ र मृत्यु क्षतिपूर्ति ५ लाखबाट १० लाख रुपैयाँ पुर्‍याउनुपर्ने उनीहरूको जोड छ।

ट्याक्सीका व्यवसायी संस्थाका प्रतिनिधिहरूले भने, बीमाको उद्देश्य नै जोखिम न्यूनीकरण गर्ने हो, तर सीमा तोकेर बीमा कम्पनीहरूले व्यवसायी र सवारीधनीमाथि अन्याय गर्दै आएका छन्। यो प्रवृत्ति तत्काल अन्त्य हुनुपर्छ,भन्दै सरकारले यसबारे ठोस नीति ल्याउन माग गरेका छन्।

Post a Comment

0 Comments