Header Ads Widget

Descriptive alt text

CCM ले गर्याे "खेलाडी उपचार सहायता काेष" स्थापना

धादिङ्ग ,११ मङ्सिर २०८२

मार्पाक सामुदायिक क्लब (CCM) धादिङ्गले "खेलाडी उपचार सहायता काेष" स्थापना गरेकाे छ ।


CCM ले साबिक मार्पाकका पुर्ब खेलाडी तथा खेलाडीहरुकाे उपचारमा सहायता गर्ने उदेश्यले याे काेष स्थापना गरिएकाे क्लबका अध्यक्ष शिव कार्कीले जानकारी दिनुभयाे ।

मार्पाकका पुर्ब फुटबल खेलाडी सुमन अधिकारीकाे उपचार खर्च अभावमा मर्नु न बाच्नुकाे अबस्थामा रहदा क्लबका अध्यक्ष शिव कार्की र सचिव अदिप अधिकारीले काठमाण्डाै ल्याई भर्ना गर्ने पहल गरेका थिए भने निबर्तमान अध्यक्ष सुदिप अधिकारीले अस्पताल भर्ना गर्ने कार्यमा साथै महासचिव काजिराम अधिकारीले क्लब भित्र तथा खेलाडी र पुर्ब खेलाडीहरुबाट सहयाेग संकलनमा पहल गरेका थिए ।

बिरामी अधिकारी भर्ना भई Discharge नहुँदा सम्म करिब १ लाख १२ हजार रकम संकलन भएकाे थियाे भने हाल बिरामी स्वस्थ्य रहेकाे र निजलाई आबश्यक पर्ने Follow up खर्च रकम समेत प्रदान गरि बाकी रु २५ हजार CCM ले उक्त काेषमा राख्ने निर्णय गरेकाे हाे ।


अबका दिनहरुमा सुमन जस्ता अरु कुनै खेलाडी वा पुर्ब खेलाडी कसैलाई पनि उपचारकाे लागि रकम अभाव भई भर्ना हुन नसक्ने अबस्था भएमा अस्पताल भर्नाकाे सहयाेग गर्न सकिने क्लबका महासचिब काजिराम अधिकारीले बताउनुभयाे ।
२०६७ सालमा ई. रवि अधिकारीकाे अध्यक्षतामा स्थापना भएकाे क्लबद्वारा मार्पाकमा Ambulance सेवा पनि संचालन गरेकाे छ र उक्त Ambulance ले निरन्तर सेवा दिईरहेकाे छ ।

Post a Comment

0 Comments