नेपाल को यातायात ऐन बिपरित काठमाडौं उपत्यका भित्र राइड सेयरिङ सेवा दिइरहेको Indrive एपले नेपालको यातायात ऐनको ठाडो उल्लंघन गरेको र ट्याक्सी चालकहरूको श्रम शोषण गरेको भन्दै ट्याक्सी व्यवसायी तथा संघ, संगठनहरूले गम्भीर आरोप लगाएका छन्। व्यवसायीहरूले Indrive कम्पनीले संवाद र समन्वय गर्न नचाहेको र ट्याक्सी व्यवसायलाई धरापमा पारेको आरोपसमेत लगाएका छन्।
ट्याक्सी व्यवसायीहरूको भनाइ अनुसार, Indrive ले लुकीछिपी निजी सवारी साधनहरूलाई आफ्नो एप मा दर्ता गरिरहेको छ। यसका साथै, एप्लिकेसनले सरकारले तोकेको मिटर भाडा दरभन्दा निकै कम भाडा एपमा निर्धारण गरी उपत्यका भित्रका २० हजार ट्याक्सी चालकहरूको श्रम शोषण गरिरहेको छ।
ट्याक्सी ब्यबसायीका मुख्य आरोपहरू:
श्रम शोषण र कमिशनको रकम विदेश: व्यवसायीहरूले Indrive ले कमिशनको नाममा चालकहरूको कमाईको ११% हिस्सा विदेश लगिरहेको आरोप लगाएका छन्।
न्यूनतम भाडाको बेवास्ता: एपले सरकारद्वारा तोकिएको न्यूनतम भाडा दरलाई पूर्ण रूपमा बेवास्ता गर्दै यात्रु र चालकबीच 'डिल' प्रणाली लागू गरेको छ, जसले वास्तविक ट्याक्सी व्यवसायको श्रम को अवमूल्यन भैरहेको छ ।
अत्याचारपूर्ण शैली: "श्रमको सम्मान र सुरक्षाका लागि ट्याक्सी ब्यबसायी सँग छलफल गर्न नचाहने Indrive को शैली अत्याचारकै रुपमा देखिएको छ," एक ट्याक्सी व्यवसायीले गुनासो पोखे।
ट्याक्सी चालकहरूको अर्को गुनासो के छ भने, Indrive ले ट्याक्सी ब्यबसायीको समस्या सुन्नुको सट्टा विभिन्न कलाकारहरूलाई आफ्नो ब्रान्ड एम्बेस्डर बनाएर प्रचारमा मात्र ध्यान दिएको छ। ट्याक्सी व्यवसायीहरूले सरोकारवाला निकाय र सरकारलाई यस विषयमा गम्भीर ध्यान दिन र नियम विपरीतका गतिविधिमा तत्काल नियन्त्रण गर्नुपर्ने माग गरेका छन्।
#TaxiNewsNepal #EvaMediaNetwork #FairMobility #StopExploitation #IndriveNepal #foryoupageシ
0 Comments