काठमाडौं ,०७ मंसिर २०८२
काठमाण्डाैकाे बालाजु चाेकमा रहेकाे Chhangmi Education Consultancy ले आगामी १६ औ संस्करणकाे नेत्रावती डबजाेङ्ग कप MPL फुटसल प्रतियाेगिताकाे फाईनल पुग्ने २ वटा टिमका ५ जनालाई IELTS, SAT र PTE अध्ययन गर्न १००% छात्रबृत्ती दिने घाेषणा गरेकाे छ ।
निरन्तर Consultancy Partner काे रुपमा MPL संग सहकार्य गर्दै आउनु भएका छाङमी एजुकेशन कन्सल्टेन्सीका संचालक, खेलप्रेमी तथा युवा समाजसेवी श्री अनिल सिंखडाले आज उक्त छात्रबृत्ती घाेषणा गर्नुभएकाे MPL का मुख्य संयाेजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयाे ।
Chhangmi Education Consultancy ले MPL काे फाईनल पुग्ने २ टिमबाट बिजेता टिमका ३ जना र उपबिजेता टिमका २ जना गरि जम्मा ५ जनालाई IELTS, SAT & PTE अध्ययनमा १००% छात्रबृत्ती दिने घाेषणा गर्नुभएकाे र Chhangmi र MPL बिच छिट्टै संझाैता गर्ने तयारी भईरहेकाे समेत कन्सल्टेन्सीका संचालक सिंखडाले जानकारी दिनुभयाे ।

0 Comments