नेत्रावती डबजाेङ्ग कप, मार्पाक प्रिमियर लिग (MPL) फुटसल प्रतियाेगिताकाे १६ औं संस्करणकाे तयारी शुरु गरिएकाे छ ।
काठमाण्डाै ,२७ कार्तिक
धादिङ्ग जिल्लाकाे नेत्रावती डबजाेङ्ग गाउपालिका भित्रका क्लब तथा टिमहरुकाे सहभागिता रहने प्रतियाेगिताकाे तयारी शुरु गरिएकाे MPL का मुख्य ब्यबस्थापक काजिराम अधिकारीले जानकारी दिनुभयाे ।
मार्पाक सामुदायिक क्लब (CCM) काे आयाेजना तथा थला गाउँ सेवा समाजकाे सह-आयाेजनामा हुने प्रतियाेगिताकाे संयाेजक मार्पाक भेट्रान्स फुटसल टिम रहने छ भने प्रतियाेगिताकाे संरक्षक नेत्रावती डबजाेङ्ग गाउँपालिका, धादिङ्ग रहने छ ।
१५ औं संस्करणकाे टाईटल Sponsor Redbull र मुख्य प्रायाेजक नेपाली मन उध्याेग (NMU) मनमैजु रहेकाेमा यस पटकपनि अघिल्ला संस्करणका सबै प्रायाेजकहरुसंग कुरा भईरहेकाे अधिकारीले बताउनुभयाे ।
आगामी सस्करणमा केही पुरस्कारहरु बृद्दी गर्न लागिएकाे र प्रतियाेगितामा सहभागी हुनका लागि हालसम्म सहभागी भएका नेत्रावती डबजाेङ्ग गाउपालिकाका सबै क्लब तथा टिमहरुलाई सम्पर्क गर्ने तयारी भईरहेकाे प्रतियाेगिताका मुख्य संयाेजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयाे ।
१५ औं संस्करणकाे MPL काे उपाधी चाैतारा युवा क्लबले जितेकाे थियाे भने थला गाउँ सेवा समाज उप- बिजेता बनेकाे थियाे ।
0 Comments