आजको मिति २०८२ साल मंसिर ०३ गते, बुधवार (तदनुसार १९ नोभेम्बर २०२५) को राशिफल निम्न अनुसार रहेको छ: आज बुधबार को दिन बिभिन्न राशिहरु मा फरक -फरक प्रभाव पर्ने ब्राह्मण लोक प्रसाद नेपाल ले बताउनु भएका छन्।
| राशि | राशिफल विवरण |
| मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) | आत्मबल बढ्नेछ र रोकिएका पुराना कामहरू पूरा गर्ने अवसर मिल्नेछ। पारिवारिक सहयोग पाइनेछ भने आर्थिक लाभको सम्भावना रहेको छ। |
| वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) | धैर्यपूर्वक अघि बढ्नुपर्ने दिन छ। नयाँ काममा ढिलासुस्ती हुनसक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिए पनि धैर्य र समझदारीले सफलता दिलाउनेछ। अनावश्यक खर्च बढ्न सक्छ। |
| मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) | शुभ समाचार सुन्न पाइनेछ। पढाइ वा प्रतिस्पर्धामा प्रगति हुनेछ। प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ र आर्थिक लाभको सम्भावना छ। |
| कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) | घर–परिवारमा खुसी छाउनेछ। सामाजिक काममा संलग्न भइ मान–प्रतिष्ठा बढ्नेछ। खर्च बढ्न सक्छ, सचेत रहनुहोस्। |
| सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) | व्यवसाय वा पेशागत क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ र शुभ समाचार पाइने संकेत छ। |
| कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) | आज केही चुनौती आउन सक्छ। परिवारमा सानो तकरार हुनसक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। धैर्य र संयम आवश्यक छ। |
| तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) | सफलताको नयाँ ढोका खुल्नेछ। साथीसँगको सम्बन्ध मधुर बन्नेछ। व्यापारमा नाफा बढ्ने सम्भावना छ र पारिवारिक सहयोग पाइनेछ। |
| वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) | काममा ढिलाइ भए पनि अन्ततः सफलता मिल्नेछ। आर्थिक पक्ष सबल हुनेछ। मित्र वा आफन्तको विशेष सहयोग पाइनेछ। |
| धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) | आज नयाँ अवसरहरू प्राप्त हुनेछन्। पढाइ–लेखाइमा ध्यान केन्द्रित हुनेछ। शुभ कार्यमा सहभागी भइ खुसी प्राप्त गर्ने दिन छ। |
| मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) | कामको चाप बढ्न सक्छ। मानसिक तनाव देखिन सक्छ। तर धैर्य र निरन्तरताले सफलता दिलाउनेछ। परिवारबाट प्रेरणा मिल्नेछ। |
| कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) | नयाँ ज्ञान प्राप्त गर्ने अवसर मिल्नेछ। यात्रामा जाने योजना बन्न सक्छ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ र आर्थिक लाभ हुनेछ। |
| मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) | व्यापार–व्यवसायमा मुनाफा बढ्नेछ। घरायसी वातावरण सुखद रहनेछ। शुभ कार्यको सुरुवात गर्न सकिने दिन छ। |
ईभा मिडिया, दैनिक राशिफल डेस्क

0 Comments