आज मिति २०८२ साल मंसिर १६ गते, मंगलबार (तदनुसार २ डीसेम्बर २०२५) को राशिफल निम्न अनुसार रहेको छ: आज मंगलबार को दिन बिभिन्न राशिहरु मा फरक -फरक प्रभाव पर्ने ब्राह्मण लोक प्रसाद नेपाल ले बताउनु भएका छन्।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज उच्च ऊर्जा, तर योजनामा सावधानी आवश्यक
आज मेष राशिका व्यक्तिहरूको ऊर्जा उच्च रहने देखिन्छ। यसले गर्दा नयाँ काम सुरु गर्ने तीव्र इच्छा जाग्न सक्छ। यद्यपि, ज्योतिषहरूले बिना योजना कदम चाल्दा बाधा आउन सक्ने चेतावनी दिएका छन्। पहिले राम्रो योजना बनाई अघि बढ्नु बुद्धिमानी हुनेछ। वैदेशिक रोजगारको क्षेत्रमा सफलता मिल्ने योग छ तर कार्यक्षेत्रमा केही संघर्षको सामना गर्नुपर्ने हुनसक्छ। सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक मामिलामा सुधार, अनावश्यक खर्चमा नियन्त्रण जरुरी
वृष राशिका लागि आज आर्थिक मामिलामा सुधार आउने संकेत देखिएको छ। आँटेको कार्यमा सफलता मिल्ने तथा राज्यपक्ष वा प्रशासनिक सहयोगबाट विशिष्ट कार्य सम्पादन हुन सक्ने योग छ। आय आर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन्। तर, ज्योतिषले अनावश्यक खर्चले घाटा गर्न सक्ने भएकाले महत्वपूर्ण खर्च मात्रै गर्न सल्लाह दिएका छन्। साथीहरू र परिवारसँगको सम्बन्धले मन प्रसन्न बनाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
महत्वकांक्षी योजनामा सफलता, वाणीमा संयम आवश्यक
आज मिथुन राशिका लागि महत्वकांक्षी योजनाहरू पूरा हुने समय छ। सभा-समारोहमा सम्मानित भइने र नोकरी वा पेशामा अधिकारी वर्ग सहयोगी हुने देखिन्छ। नयाँ मानिसहरूसँग भेट्न सामाजिक क्रियाकलापमा सहभागि हुन सकिन्छ। तर, शब्द चयनमा सावधानी अपनाउनुहोस्, अन्यथा अनायासै विवाद उत्पन्न हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक सहयोगले लाभ, स्वास्थ्यमा ध्यान दिनुपर्ने
आज कर्कट राशिका व्यक्तिहरूलाई घरपरिवारसँग मिलेर काम गर्दा लाभदायक हुनेछ। पुराना मतभेदहरू मिल्ने सम्भावना छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। यद्यपि, स्वास्थ्यको ख्याल राख्नुहोस् — पर्याप्त विश्राम र पोषण लिनु आवश्यक देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य कमजोर, गोप्य सूचना बाहिरिन सक्ने जोखिम
आज सिंह राशिका लागि स्वास्थ्य कमजोर रहन सक्ने भएकाले सोचेको उपलब्धि तत्काल नपाइन सक्छ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने वा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्ने योग छ। मिहिनेत गर्दा पछि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने, योजना स्थगन हुने जोखिम
आज कन्या राशिका लागि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने हुन सक्छ। आम्दानी रोकिनाले कुनै योजना स्थगन हुन सक्ने जोखिम छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप बढ्ने देखिन्छ भने पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। धैर्य र विवेकका साथ काम गर्नु राम्रो हुनेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
अतिथि सत्कारको योग, वैवाहिक सम्बन्धमा अविश्वास बढ्ने सम्भावना
तुला राशिका व्यक्तिहरूले आज अतिथिको रूपमा सत्कार प्राप्त गर्न सक्नेछन्। पहिलेका कामबाट आम्दानी भइरहने र व्यवसायमा पनि फाइदै हुने योग छ। यद्यपि, आफन्तसँग असमझदारी एवं पतिपत्नीमा अविश्वास बढ्ने सम्भावना रहेकाले सम्बन्धमा विशेष ध्यान दिनुपर्नेछ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
मिहिनेतले सफलता, शत्रुमाथि विजय प्राप्त हुने
आज वृश्चिक राशिका लागि मिहिनेतले काममा सफलता नै दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुने योग छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ र जटिल काम समेत सम्पादन हुनेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
प्रतिष्ठा कमाउने बेला, उपलब्धि हातपार्न बढी श्रम आवश्यक
धनु राशिका लागि आज प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने र आर्थिक लाभ प्राप्त हुने योग छ। ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ। उपलब्धि हातपार्न भने बढी श्रम गर्नुपर्ने हुनसक्छ। शुभचिन्तकहरूले साथ दिनेछन् र लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
शरीरमा उत्साह, तर निर्णय लिन सजगता अपरिहार्य
आज मकर राशिका व्यक्तिहरूको शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ र चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। यद्यपि, निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
पारिवारिक सुख, तर तत्कालको फाइदा त्याग गर्नुपर्ने
कुम्भ राशिका लागि आज हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ वा तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्ने सम्भावना छ। यात्राको साइत जुर्न सक्छ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
निर्णायक क्षमता कमजोर बन्ने, अरूको भरपर्दा काम प्रभावित
आज मीन राशिका व्यक्तिहरूलाई समयमा वचन पुर्याउन नसक्दा आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। परिवारको सल्लाहमा अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ, तर आफ्नो मेहनतमा अरुले फाइदा उठाउने जोखिम भएकाले सचेत रहनुपर्नेछ।

0 Comments