काठमाडौं,१७ मङ्सिर २०८२
नेपाल सरकारको २०८२ साल मङ्सिर २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट महत्त्वपूर्ण निर्णय गर्दै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरूलाई विद्युतीय (Electric) प्रणालीमा रूपान्तरण गर्न बाटो खुल्ला गरेको छ।
मन्त्रिपरिषद्को निर्णय नम्बर १६ अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा 'इन्धन प्रणालीमा वातावरणीय वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा तीन वर्षसम्मको लागि इन्धन प्रणालीमा फेरबदल गर्न छुट दिने' निर्णय भएको छ भने अब सवारी धनीले बिना कुनै झन्झट बिधुतियमा रुपान्तरण गर्न सक्नेछन भने अन्य जस्तो:रङ्ग ,ईन्जिन नम्बर ,च्यासिस नम्बर लगाएत कुनै पनि फेरबदन भने गर्न पाईने छैन ।
यातायात ऐन २०४९ मा भने यस्तो छ ,
यो निर्णयले प्रदूषण नियन्त्रण र ऊर्जा दक्षता प्रवर्द्धन गर्ने सरकारी नीतिलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यसबाट पुराना पेट्रोल/डिजेल इन्जिन भएका सवारी साधनका मालिकहरूले आफ्नो सवारीलाई वातावरणमैत्री विद्युतीय गाडीमा रूपान्तरण गरी चलाउन पाउनेछन्।
यो निर्णयले विद्युतीय सवारी साधनको प्रयोग बढाउन र आयातित पेट्रोलियम इन्धनमाथिको निर्भरता कम गर्न महत्त्वपूर्ण कदम चालेको मानिएको छ।
मन्त्रीपरिषद् को निर्णय यस्तो छ ,

0 Comments