Header Ads Widget

विदेशी एप्स्ले वास्ता नै नगर्ने परिपाटीका बीच नेपाली एप्लिकेशन सजिलोले दुर्घटना परेका आफ्ना राईडरलाई गर्यो नि:शुल्क औषधि उपचार

काठमाडौँ,१९ मङ्सिर २०८२ 

हाल विदेशी राइड–शेयरिङ एपहरूले दुर्घटना हुँदा आफ्ना जिम्मेवारीबाट पन्छिने, बिमा दाबीमा अनावश्यक बहाना बनाउने र चालकलाई झनै दुःख दिने प्रवृत्ति बढ्दै गएको अवस्थामा, आफ्नै देशमा विकसित ‘सजिलो’ एपले भने चालक र यात्रुलाई सहज, छिटो र पारदर्शी सेवा प्रदान गर्दै आएको छ।

यही क्रममा हालै दुर्घटनामा परेका एक चालकलाई सजिलोले तुरुन्तै उपचार सुविधा उपलब्ध गराउँदै १ लाख १० हजार रुपैयाँ बिमा भुक्तानी उपलब्ध गराएको उदाहरणले पनि स्वदेशी एप्लिकेशनको जिम्मेवार र चालक–मैत्री सेवा  अझै अब्बल भएको  पुष्टि भएको  छ।

गत शनिबार गुह्येश्वरी–गौशाला सडकखण्डमा  ‘सजिलो’ एपका राइडर दाछेम्बो लामा मोटरसाइकल दुर्घटनामा परे, पछाडि बसेका यात्रुलाई केही नहुँदा पनि चालक  लामाको भने  खुट्टा तीन ठाउँमा फ्र्याक्चर भयो। दुर्घटना  हुनासाथ  उनले सजिलो  कम्पनीलाई जानकारी गराएपछि ‘सजिलो’ का प्रतिनिधि अस्पताल मै  पुगे र सम्पूर्ण उपचार खर्च बेहोर्न थाले।


लामा पाँच दिन अस्पताल बसे र अधिकांश खर्च सजिलो एपले नै व्यहोर्यो ।बिरामी आफैले  सजिलो का प्रतिनिधि आउनु पुर्व केहि रकम  आफैँले खर्च गरेको  पनि फिर्ता गरिने जानकारी पाएका छन्। भोलि  शनिबार पुन: फलोअप बोलाएको र उक्त फलोअप को  उपचार खर्च पनि एप्स्  ले नै बेहोर्ने  छ।

सजिलोका सीईओ अमिर लामाका अनुसार कम्पनीले राइडर र यात्रुका लागि शिखर इन्स्योरेन्समार्फत बिमा सुविधा व्यवस्था गरेको छ। ठूलो दुर्घटनामा बिमा प्रक्रिया ढिलो नहोस् भनेर कम्पनीकै कर्मचारीले दाबी प्रक्रिया पूरा गरिदिने व्यवस्था मिलाइएको छ।

दाछेम्बोको उपचारका लागि हालसम्म १ लाख १० हजार रुपैयाँ बिमा रकम भुक्तानी भइसकेको सजिलोले जनाएको छ।

सजिलो एपमार्फत दुईपाङ्ग्रे सवारीमा दुर्घटना भएमा चालक र यात्रु गरी प्रतिव्यक्ति १ लाख २५ हजारका दरले २ लाख ५० हजार रुपैयाँसम्म बिमा उपलब्ध हुन्छ। ट्याक्सीमा भने चालकसहित पाँच जनाको दुर्घटना बिमा गरिँदै ६ लाख २५ हजार रुपैयाँसम्म भुक्तानी हुने व्यवस्था छ।

Post a Comment

0 Comments