काठमाडौँ ,१९ मङ्सिर २०८२
शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रम मा यो तथ्याङ्क सार्वजनिक गरिएको हो। कार्यक्रममा सञ्चालित अध्यन र विश्लेषणका अनुसार तीव्र गतिमा सवारी चलाउने, सडक नियम पालनामा लापरबाही, र मानविय त्रुटि दुर्घटनाका प्रमुख कारण रहेको उल्लेख गरिएको छ।
सडक दुर्घटना न्यूनीकरणका लागि स्वयंसेवकहरूलाई समुदाय स्तरमा जनचेतना कार्यक्रम सञ्चालन गर्न, चालक तथा सर्वसाधारणलाई नियम पालना गराउन प्रेरित गर्न तथा सुरक्षित यातायात प्रवर्द्धन गर्न जिम्मेवारी दिइने कार्यक्रमका क्रममा बताइयो।

0 Comments